लुकेर रहेको राजाकोटको इतिहास

     के.वि.मसाल
           लुकेर रहेका कतिपय घटनाहरु इतिहासले देखाउछ । लुकेका कुराहरु इतिहासले प्रष्टाउछ । तर कहिकतैको इतिहास लुकेर रहेको हुन्छ । नेपालको इतिहास पढन प¥यो भने वृटिस र भातिय इतिहासकारले लेखेको कुराहरु पढनु पर्दछ । किरातवंशी,लिच्छीवीवंशी देखि लिएर राणाकालको जंग बहादुर भन्दा अगाडिको हाभ्रो इतिहास विदेशिहरुले लेखिदिएका छन । यस्तो इतिहासले कतिकुराहरु लाई छाएको हुन्छ वा हुदैन इतिहास पढदा थाहाहुन्छ । काठमाण्डौ उपत्यकाको पानि मन्जुश्रीले चोभारको गल्छी खोल्न लगाएर पानीको निकास बनाएर बस्ती वसालेको इतिहास छ । नेपालमा रहेका अन्य उपत्यकाको इतिहास पनि खोज्ने हो भने यस्तै कुनन कुनै ऐतिहासिक कुराहरु फेलापर्न सक्ब्दछ ।

          तथ्यपूर्ण आधार केहि नभए पनि हामीले भन्दै आएका छौ । दाङ् उपत्यका एशियाकै ठूलो उपत्यका हो । यस्तो उपत्यका अन्य एशियाका मुलुकहरु मा छैन पनि । तर दाङ् उपत्यकाको उत्पत्तीको बारेमा हाल सम्म यसरी भएको हो भन्ने प्रमाणित कुरा भने इतिहासमा पढन पाइदैन । सुन्दर उपत्यका उत्तरतिरको भाग महाभारत पर्वत र दक्षिण तिरको भाग चुरेश्रृखंलाले घेरादिएर बनेको उपत्यका जसको पूर्व–पश्चिम लम्वाई ९० किलोमिटर छ । चुरे र महाभारत पहाडमा रहेका ऐतिहासिक कोटहरुले दाङ् उपत्यकाको गरिमा बढाई दिएको छ । चुरे र महाभारतका पहाडको टाकुरामा रहेका कोटहरु ऐतिहासिक स्थल मानिन्छन । तर कतिपय कोटहरु अध्यन,अनुसंन्धान र इतिहास बन्न सकेका छैनन । जुन कारणले कतिपए कोटहरुको इतिहास लुकेको छ । इतिहासले नछोयका यस्ता कोटहरुको बारेमा पछिल्लो पुस्तालाई बुझाउन गारो भएको छ । पुस्तौदेखि  अलिखित तर सस्मरणको रुपमा रहेको इतिहास नयां पुस्ताको लागि हराउन थालेको छ ।

          भूगोलविदहरुको भनाई अनुसार चुरे श्रृखँला नेपालको पहाडहरु मध्य सवै भन्दा कान्छो पहाड हो । झण्डै एक करोड वर्ष पहिले वाट बन्न सुरुगरेको चुरे पहाड महाभारत र हिमालय पर्वत बाट बगेर आउने गेग्रान थुप्रिएर वनेको अत्यन्त कोमल र अस्थिर प्रकृतीको पहाड मानिन्छ चुरे ।नेपालको कुल भूभागको १३ प्रतिशत चुरे श्रृखँलाले ओगटेको छ । सरकारी तथ्याङ्क हेर्ने हो भने ७०% जगँल र ३० % वसोवास,कृर्षि र अन्य क्षेत्रको उपयोगमा जमिन रहेको छ । तराइको भावर तथा चुरे पहाड सामुन्द्रिक सतह १२०० मिटर देखि २१०० मिटर सम्मको श्रृखँलाहरु पर्दछन । चुरे पहाडहरुको श्रृखँला बन्दै जादा दाङ् उपत्यकाको दक्षिण पट्टी रहेको चुरेश्रृखँला ४ लाखवर्ष पुरानो मानिन्छ । दाङ् जिल्लाको सवैभन्दा अग्लो स्थानपनि चुरेश्रृखँलामा पर्दछ । हासिपुर गाविसको अर्खले  सामुद्रिक सतहबाट  २०५८ मिटर रहेको छ । दाङ् जिल्लाको चुरे श्रृखँला लाई हेर्ने हो भने सयौ वर्ष अगाडी देखि मानव वस्ती भएको चुरेको क्षेत्रपनि हासिपुर नै मानिन्छ । चुरे र महाभारत पर्वतको विगत देखि वर्तमान सम्मको इतिहास लाई हेर्ने हो भने मानव वस्तीको विकास चुरे श्रृखँलामा भन्दा महाभारत पर्वतमा युगौ देखिको वसोवासको इतिहास छ ।

         इतिहासले सगेटन नसकेका दाङ् जिल्लाका चुरे पहाडका दर्जनौ कोट र चचुरो रहेका छन । दाङ् उपत्यकाको पश्चिम मा रहेको राजाकोट चुरेश्रृखँलाको ऐतिहासिक मानिन्छ । उपत्यकाको अनुसन्धान गर्नेहरु ले यो कोटको बारेमा अध्यन गर्न बाकि रहेको अनुमान गर्न सकिन्छ । गोलटाकुरी गाविस–६ को चुरे पहाडमा रहेको राजाकोट ऐतिहासिक रुपले महत्वपूर्ण स्थल मानिन्छ । सामुन्द्रिक सतह बाट १५५६ मिटरको उचाईमा रहेको राजाकोट घनाजँगलको बिचमा रहेको छ । तुलसिपुर वजार देखि २५ कि.मि. दक्षिणमा रहेको चुरेश्रृखँलाको राजाकोट पुग्न गोलटाकुरीको कौवाघारी सामुदायिक वनक्षेत्र बाट ९ कि.मि.को पैदल यात्रा गार्नु पर्दछ । शिवालिग चुरेश्रृखँलामा रहेको राजाकोट भौगर्भिक र प्राग्ऐतिहासिक अध्ययनका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र मानिन्छ । ऐतिहासिक तथ्य अनुसार दाङ् उपत्यकाको चुरे र महाभारत क्षेत्रमा ११ औ शताव्दीदेखि १५ औ शताव्दीसम्म शासन गर्ने भुरेटाकुरे  राजाहरु संग पनि जोडिएको छ राजाकोट । इतिहासले के देखाउछ भने दाङ्को सुकौराकोट को सम्वन्ध वझाङ् र सल्यानी राज्यसंग रहेको अनुमान छ । दाङ् सुकौराकोटका राजा दगिंशरण गर्मीको समयमा राजाकोटमा बस्ने हुनाले कोटको नाम पनि राजाकोट रहन गएको किम्वदन्ती रहेको छ ।

       थारुभाषामा कोटलाई रज्ज्वाकोट भनिन्छ । सुकौराकोट थारु राजाले शासन गरेको स्थान हो । त्यस समयका राजाकोटमा राजा जाने र तिलकन्याको कोटमा राज्यको गौडा रहेको पनि इतिहासविदहरु ले अनुमान लगाएका छन । राजाकोट,तिलकन्या नजिकै रहेको कुकुरगौडा पच पाण्डहरु संग जोडिएको छ । पाच पाण्डपहरु साथमा कुकुर लिएर यात्रा गर्नेक्रममा पहिरोको पहाड कुकुरले चढन नसकेपछि ठाउको नाम कुकुरगौडा रहेको हुन सक्नेकुरा अनुसन्धानले देखाएको छ । राजाकोटको चारैतिर भिरालो र बिचमा समतल ठाउभएकोले पहाडको चुचुरो बाट नेपालगन्ज,बहराइज रअन्य मैदानी भू–भाग देख्न सकिन्छ । त्यसैगरी उत्तर तिरका थर्कोट,स्वर्गद्धारी र आन्य ऐतिहासिक गढी,टाकुरा एवं धर्मीक महाभारत श्रृखँलाका स्थलहरु पनि अवलोकन गर्न सकिन्छ । दाङ् उपत्यकामा वग्ने सरयु जस्लाई ववै भनिन्छ,र त्यसले वनाएको नागवेली आकारमा बगेको पानीको दृष्यले राजाकोटमा पुग्ने मानिसहरु लाई अनन्द दिलाएको हुन्छ । चुरेश्रृखँलाको अग्लो पहाड भएकोले नेपाल टेलीकमले तिन दशक अगाडी बाट राजाकोटमा टेलिफोनको टावर राखेको छ । त्यस समय बाट राजाकोटमा नेपाली सेनाको एक टुकरी टावरको सुरक्षार्थ राख्ने गरेको छ ।

      कुनैबेला राजाकोट,तिलन्याका टाकुरा दाङ् उपत्यकाको लागी चल्तीको राजमार्ग बनेको थियो । दाङ्बाट नेपालगन्ज जाने बेला पैदल अथवा घोडाको यात्रामा तिलकन्याको कोटहुदै राजमार्गमा पर्ने बाघखोरमा निस्किएर मानिसहरुको यात्रा हुने गर्दथियो । घना जगँल वन्यजन्तुहरुको चरिचरण क्षेत्र चुरेश्रृखँलाको वातावरण नै आनन्द,मनमोहक थियो । गोलटाकुरी बाट उकालो लागेपछि तिलकन्याको कोटमा पुगेर थकाइ नमार्ने मानिसहरु नै हुदैनथे । नेपालगन्ज–दाङ् गर्ने घोडेहरुको लस्कर,नुन तेल किन्नजाने हटारुको समूह,जिमिन्दारी ठाटमा घोडा चडेर राजाकोट वारपार गर्नेहरु लाई आजभोली तिदिनहरु सस्मरण मात्र बनेको होला । तर राजाकोट अहिले पनि उस्तै छ । वन फडानी भएर वातावरण विग्रेको छ । पैदल यात्रा र घाडाका सवार राजाकोट र तिलकन्यामा भेटिदैन तर राजाकोटको चिसो हावा अनि त्यहाको रमणिय दृष्यावलोकन भने त्यहा पुग्ने मानिसहरुले अहिले पनि लिन सक्दछन ।

      हासिपुर गाविसको चुरेश्रृखँलामा बाहेक दाङ् जिल्लाको पश्चिम भूभागमा फुलवारी गाविस र गोलटाकुरीमा पनि मानववस्ती रहेको छ । तर पनि चुरे पहाडको कोटहरुमा मानववस्ती छैन । वन विनास भएको छ । वातावरण अनुकुल प्रवाभले गर्दा वन्यजन्तु र चराचुरुङ्गीहरु देखिन छाडेका छन । वन विनास हुन थालेपछि चुरेश्रृखँलामा प्राकृतीक पानीको स्रोत सुक्न थालेको छ । राजाकोटको वारेमा धेरैकुरा अध्ययन गर्न बाकी छ । यसको ऐतिहासिक तथ्यकुराहरु लाई इतिहास बनाउन जरुरी छ । लुकेको इतिहास लाई लिपिवद्ध गराउन इतिहासविद ले खोजि गर्न परेको छ राजाकोट स्थलको । थारु राजा दंङ्गीशरणको शासनकाल १२ औ शताव्दीमा सुकौराकोट र राजाकोटका केहि तथ्यहरु फेलापरेको छ । इतिहासमा उल्लेख नभएका यस्ता कुराहरुको अध्यन अनुसन्धान हुनु पर्दछ । प्राचिनता देखि नवीनता सम्म आउने मानवजाती संग सम्वन्धित घटनाहरुको वर्णन नै इतिहास हो । दाङ् उपत्यका वरिपरि रहेको चुरे र महाभारत पहाडका कोटहरुको इतिहास धेरै खोज्न वाकी छ । युगौ देखिको प्राप्त भएका तथ्यहरु,लो सस्कृतीको आधारमा भएका कुराहरु,एवं कथा,किम्वदन्तीमा आएका धेरै कुरामा इतिहास लुकेको हुन्छ । यस्ता कुराहरुको अध्ययन हुन पर्दछ । चुरेश्रृखँलाको राजाकोटमा पनि अलिखित धेरै कुराहरु लुकेका छन । यसको खोजिहुनु पर्दछ ।

मिती– २०७० वैशाख ६ गते दाङ्     

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *