दैलेख जिल्लाको सेरोफेरो

     के.वि.मसाल
राणाहरुको पालादेखिनै अन्य जिल्लाको गौडा भन्दा दैलेखको गौडा ठूलो मानिने गर्दथियो । नेपालको प्रशासनिक क्षेत्र १४ अन्चल र ७५ जिल्ला हुनभन्दाु अघि ३५ जिल्लामा बिभाजन गरिएको थियो । ०१८ साल अघि सम्म सुर्खेत र दैलेख एउटै जिल्ला थियो । सरकारी कामको सिलसिलामा सुर्खेतका मानिसहरु दैलेख जानु पर्दथियो । बर्तमान अवस्थामा दैलेख जिल्लामा १ नगर पालिका र ५५ गाविसमा बिभाजन गरिएको छ । मध्य पहाडी भूगोलमा फैलिएको दैलेखको कुल क्षेत्रफल १५०२ वर्ग किलोमिटर रहेको छ । तरेली परेका डाडाकाडा नदीकिनारमा मैदानी भाग लेखबेसीको भूगोल भएको दैलेखको सबैभन्दा कम उचाइ भएको स्थान डूङ्ेश्वर हो । सामुन्द्रिक सतह देखि ५४४ मिटर रहेको डूङ्ेश्वर देखि सबैभन्दा अग्लो स्थान महाबुकलेख ४१६८ मिटर रहेको छ । दैलेख जिल्ला नेपालको मध्य–पश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चलको एक जिल्ला हो । यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो । यो जिल्ला भेरी अञ्चलको सबैभन्दा सानो जिल्ला हो । दैलेख जिल्ला मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालिकोट पश्चिममा दक्षिणमा सुर्खेत जिल्ल्लाका वीचमा रहेको एक रमणीय मध्य पहाडी जिल्ला हो । यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौंबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ । ऐतिहासिक धरोहरका रुपमा रहेको यस पहाडी जिल्लाको उत्तर सिरमा मनमोहक महावुलेक दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्ला भित्र लोहोरे छामघाट खोला शीरस्थान, नाभिस्थान, पादुका, कोटीला धुलेश्वर जस्ता पानीमाथि दीप ज्वाला वल्ने पाचकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेकाका क्षेत्रहरु दैलेखमा रहेका छन ।

भैगोलिक दृष्टिकोणले विकट रहेतापनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ । तर दैलेखमा रहेका धार्मीक र ऐतिहासिक सम्पदाको बारेमा प्रचार प्रसार हुन नसक्दा दैलेखमा आन्तरिक एव वाह्य पर्यटकहरु पुग्नेको सख्या न्युन रहेको छ । पैदल यात्रा देखि लिएर हाल आएर सडक यातायात बाट समेत कर्णाली अन्चलको यात्रा दैलेख जिल्लाको भूगोल भएर गर्दछन । तर दैलेखको बारेमा धेरैले चासो भने देखाएको पाइन्न । नेपालको लागी ऐतिहासिक र धार्मीक महत्व बोकेको दुल्लुको ज्वालामाईले दैलेख जिल्लाको महत्व बढाएको छ । प्राकृतीक सम्पदाको धनी जिल्ला मानिने दैलेख जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा नारायण नगरपालिका दैलेख बजार,  दुल्लु, रानीमत्ता, नौमुले बजारले दैलेख जिल्ला बासी लाई मात्र नभएर कर्णाली अन्चलका कालिकोट, जुम्ला जिल्लाका मानिसहरु लाई समेत ब्यापारी केन्द्रको रुपमा विकास भएको छ । दैलेखमा यो बाहेक वेस्तडा, कर्णाली नदीको काखमा अवस्थित तल्लो डुङेश्वरबजार, ठाटीकाट, रामघाट बजारले समेत स्थानीय बासीन्दा एवं वाह्य पर्यटकहरु लाई सुबिधा दिएको छ । धार्मीक, प्राकृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको यस जिल्ला धार्मिक र प्राकृतिक तथा जल सम्पदामा पनि धनि रहेको छ । विभिन्न मठ, मन्दिर, पर्यटकीय तिर्थस्थल तथा विभिन्न नदीहरुका साथमा रहेका प्राकृतिक मनोरम दृश्यहरु तथा प्राकृतिक स्रोतले दैलेख जिल्लामा पर्यटकीय विकासको लागी उपयुक्त जिल्ला मानिन्छ । दैलेख जिल्लामा एउटै पहाडमा सल्लो र साल पाइन्छ । स्याऊ देखि लिएर आँपसम्म फल्ने दैलेख जिल्लाको हावापानी राम्रो मानिन्छ । यस जिल्लामा सडक, पुल–पुलेसा,को निर्माण हुनेक्रमले निरन्तरता पाउदै आएको छ । मठ, मन्दिर, देवलहरुको संरक्षण गर्दै होटल, लज र ब्यापारिक केन्द्रको विकास निरन्तर रुपमा हुदैजाने हो भने दैलेखमा पर्यटनको विकास गर्न सकिने संभावना धेरै रहेको छ ।

दैलेख जिल्लाको इतिहास लामो छ । दैलेख बाइसे चौबिसे राज्यकालमा खस राज्यको शीतकालीन राजधानीको रुपमा परिचित दुल्लु र बेलासपुर राज्यमा विभाजित थियो । प्राचीन र मध्यकालमा दुई राज्यमा विभाजित यस जिल्लालाई शाहकालीन नेपालको एकिकरण अभियानमा बहादुर शाहले सन १७८९ तिर नेपालमा गाभेको तथ्य ऐतिहासिक वर्णनमा पाइन्छ । जिल्लाका विभिन्न ठांउमा रहेका मन्दिर, देवल, शिलालेख आदिले यस जिल्लाको ऐतिहासिक परिचय दिइरहेका छन । सदरमुकाम  स्थित पुरानो बजारमा रहेको प्रसिद्ध कोतगढी पुरानो युद्धकिल्लाको रुपमा थियो भन्ने विश्वास गरिन्छ । बि.सं.२००९ साल अघि अछाम, सुर्खेत र जाजरकोट जिल्लाका केहि क्षेत्रहरु यसमा गाभिएका थिए । भुरे टाकुरे राजा रजौटा उन्मुलन ऐन २०१६ पछि आधुनिक नेपालको प्रशासनिक ढाचा बमोजिम गौडा र २०१८ सालपछि यो जिल्ला भेरीलेक र कट्टीभञ्ज्याङग उत्तरमा महाबुलेक, पश्चिममा कर्णाली नदी, दक्षिणमा तीनचुला भित्रको भूभागलाई दैलेख जिल्लाको सिमाङकन गरिएको थियो ।  दैलेख जिल्लाको दुल्लु क्षेत्र धार्मीक र ऐतिहासिक मात्र नभएर राणा कालका पहिला प्रधान मन्त्री जंग बहादुर राणाको बाल्यकाल बितेको ठाउ भनेर पनि चिनिन्छ । दैलेख जिल्लाले २००७ सालको  क्रान्तीमा पश्चिम नेपालको लागी अग्रणी स्थान हासिल गरेको इतिहास छ । तत्कालीन समयमा नेपाली  काग्रेस दैलैखले कालिकोट, जुम्ला, अछाम, डोटी आदी पश्चिमी जिल्लाहरु कब्जा गरेको कुरा इतिहासमा उल्लेख गरिएको छ । यस जिल्लाको नाम दैलेखको बारे राचक प्रशंग रहेको छ । पौराणिक कालमा दधिचि महर्षिर्ले तपस्या गरी बसेको स्थान हुनाले उनको नामबाट दधिलेक नामको पहाड छ ।    पछि बोल्नेक्रममा अपभ्रंस हुदै दधिलेकबाट दैलेख नाम रहन गएको भनाइ छ । त्यैगरी दैलेखको भूगोलमा देवताहरुको निवासस्थान भएकोले कुनै समयमा दैेक लाई देवलोक भन्ने गरिएको थियो । पछि अपभ्रशं हुदै दैलेख नामाकरण हुन गएको भनाइ पनि रहेको छ ।

छामगाड खोला र पूर्वी भेग हुदै बग्ने लोहोरे खोलाको सङगमस्थल चुप्रा दैलेख जिल्लाको सबैभन्दा आकर्षण भौगोलिक स्थलको दोभान मानिन्छ । खस राजा नागराजको हिमाली राज्यको शीतकालीन राजधानी दैलेख दुल्लु क्षेत्रमा अवस्थित पञ्चकोशी तीर्थस्थल मध्ये सिरिस्थान र नाभिस्थान भित्र नित्य प्रज्वलित ज्वाला नेपालको रािष्«टय स्तरकै धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलको रुपमा प्रख्यात छ । दैलेख जिल्लाको भुर्तीमा रहेका २२ वटा देवललाई विश्व सम्पदा सूचीमा राखिएको छ । यस्तै रावतकोटमा रहेको पञ्चदेवलहरु दैलेख जिल्ला सदरमुकाममा रहेको कोत गढी र दुल्लु क्ष्ोत्रमा रहेका कृतिखम्बा, सातखम्म, पटङगेनी दरबार, जंग बहादुर राणाका पिता बाल नरसिंह कुवरको समाधीको नामले चिनिने मासको पिठोको लिउन लगायर निर्माण गरिएको बालेश्वर मन्दिर लगायत अनेकौ पौराणिक शिलालेखहरु यहाका प्रमुख पर्यटकिय स्थलको रुपमा रहेका छन । दुध पाइने भएकाले दहिलेक भनि मानव सभ्यताको विकाससगै अस्तित्वमा रहेको स्थल मानिन्छ । यहाको धामिर्क तथा ऐतिहासिक महत्व बोकेका पुरातात्विक सम्पदा तथा प्राकृतिक सम्पदानै विशिष्ट स्थान लिन सकेको छ  भेरी अन्चलको दैलेख यस्तो जिल्ला हो जहा धामिर्क सांस्कृतिक र ऐतिहासिक पहिचान पाउन सकिन्छ ।

न्ेपालमा रहेका आर्यहरुको उदगम क्षेत्र जुम्लाको सिजा हो । तर आर्यहरुको थरगोत्र लाई हेर्दा अधिकाशं थर भएका आर्यजातीहरुको उदगम क्षेत्र दैलेखको बिभिन्न स्थानमा भएको पाइन्छ । बर्तमान अबस्थामा छरिएर रहेका बिभिन्न थरका जातीहरुको उदगम थलो दैलेखनै मानिन्छ । पछिल्लो समयमा आ–आफ्नो थरगोत्रको इतिहास खोज्दैजादा केहि थरका मानिसहरुको पुर्वज दैलेखको भूगोल बाट बसाइको क्रममा अन्य स्थानमा सरेको पाइन्छ । जस अनुसार दैलेखको दुल्लूबाट दुलाल, बासीबाट बस्याल, बडबाट बराल(बडाल), लम्जीबाट लम्जेल, नेपाबाट नेपाल, लामीछानीबाट,  लामिछाने लयाटीबाट लुईटेल, भुर्तीबाट भुर्तेल, दवडाबाट दवाडी, पराजुलबाट पराजुली, दहबाट दाहाल, कट्टीबाट कट्टेल, रिजुबाट रिजाल, हुमेगाउबाट हुमागाई, लम्सुबाट लम्सा इत्यादी ठाउहरु बाट माथि उल्लेखित जातीहरुको उद्गम भएको मानिन्छ । माथी उल्लेखित जातीहरु ऋहिले पनि नेपालको भूमीमा मात्र नभएर संसारको जुन सुकै कुनामा बसे पनि आफ्नो उद्गम स्थानको रुपमा पहिचान दिन पर्दा दैलेख जिल्लालाई लिने गरेको पाइन्छ ।

दैलेख भौगोलिक दृष्टीले पहाडी जिल्ला भएकाले यहा थुप्रै पर्यटकिंय क्षेत्रहरु रहेका छन् । नेपालकै प्रमुख मानिने पंचकोशी तिर्थस्थल यसै जिल्लामा अवस्थित छ । साथै नेपालकै चचिर्त मानिएको पेट्रोल, ग्यास तथा मट्टितेलको खानि पनि यसै जिल्ला हुन सक्ने  अनुमान गरिएको छ । प्राचिन कालमा डुन्गेश्वरमा दधिचि ऋषिको आश्रम रहेको विश्वास गरिन्छ । विश्वकै दुर्लभ मानिएको शमी र रुद्राक्षको रुखहरु पनि यसै जिल्लामा पाइन्छ । त्यस्तै यो जिल्लालाई काफल, चुत्रो, ऐसेलु, रातो गुरास, सेतो गुरास, सुनगाभा, रक्तचन्दन, टिमुर, हतपसारो, काउलो,  पाखन्बेद, अल्लो सल्ला, देवदार पागर, साल, साज, सिसौ, खयर सतुवा, असुरो जस्ता अनेकौं जडिबुटी तथा वनस्पतिहरुको खानीको रुपमा दैलेख जिल्लालाई लिने गरिएको छ । दैलेखको सावर राणाहरुकै पालादेखि प्रख्यात भएको हो । राणाहरु दैलेखको सावरको जुत्ता लगाउन पाएपछि खुशिहुने गरेको कुरा पनि पाइन्छ । अहिले पनि दैलेख पुगेपछि सावरको जुत्ता खोज्नेको कमि छैन । दैलेख जिल्लामा प्राकृतीक रुपमा रहेका झरना, ताल र खोलाहरुले वातावरण लाई स्वच्छ बनाइ राखेको छ । प्राकृतिक रुपमा रहेको मदानताल, नाके गुफा, रामगाड, भुतगाड, लोहोरे खोला, छामगाड खोला, पादुका खोला,  द्वारी झरना, खरिगैरा झरना, लाकुरी झरना, कुशापानी झरना, खुनगाड खोला, कानेगाड खोला र कर्णाली नदी दैलेखको जल–सम्पदाहरु ह्ुन । जिल्लाको पश्चिमी सिमा बन्दै बगेको कर्णाली दैलेख जाने मानिसहरुका लागी थप आकर्षणको रुपमा रहेको छ ।

धामिर्क पर्यटकहरुको लागी दैलेखमा दर्जनौ धार्मीक सम्पदाहरु रहेका छन । जस अनुसार बुकि माईको थान, भुवान थान, पञ्चकोशी, शिरस्थान, नाभिस्थान, पादुकास्थान, धुलेश्वर, डुंगेश्वर, कोटिलास्थान, थामा चौघेरा माईस्थान, नारायण मन्दिर दैलेख बजार, वेलाशपुर मन्दिर, शिखरद्धारी रहेका छन । धार्मीक सम्पदा मात्र नभएर दैलेख जाने पर्यटकहरुका लागी सास्कृतिक सम्पदा समेत अवलोकन गर्न सकिने धेरै स्थलहरु दैलेखमा रहेका छन । ऐतिहासिक रुपमा रहेका दैलेख जिल्लाका सास्कृतीक सम्पदाहरु मध्य रावतकोटमा रहेका देवलहरु, भैरबी, र किर्तीखम्बा शिलालेख दुल्लु, दुल्लु दरबार पटांगिनीका देवल दामुपालको शिलालेख, सातखम्ब गमौडी, प्राचिन दुल्लुकोट, दैलेख बजारको कोतगडी, दैलेख बजारको भैरब मन्दिर जस्ता सम्पदाले दैलेखको महत्व बढाएको छ । दैलेख जिल्लाबासीले प्रकृती र बन सम्पदाको महत्व धेरै बुझेको पाइन्छ । वनको संरक्षणले गर्दा दैलेखमा रहेका सामुदायिक वन र राष्ट्रिय वनमा   बाघ, भालु, स्याल, चितुवा, दुम्सी, लोखर्के, खरायो, मलसाप्प्रो  फ्याउरो, रतुवा, बदेल, बादर, घोरल, कस्तूरी मृग, थार लगाएतका जनावरहरु जंगलमा पाइन्छ । दैलेखको हावापानीमा लोपोन्मुक चराचुरुङ्ेहरु समेत धेरै प्रजातीका देख्न सकिन्छ । कालिज, लोइचे, परेवा, ढुकुर, भगेरा, काग, कोइली, चिल, गौथली मात्र होइन कतिपय चराहरुको बारेमा अध्यन, अनुसंन्धान समेत हुन नसकेका चराहरु समेत दैलेख जिल्लाको भूगोलमा देख्न सकिन्छ ।

दैलेख जिल्ला पर्यन बिकासको लागी राम्रो जिल्ला मानिन्छ । सुर्खेत देखि नियमित जिल्ला सदरमुकाम दैलेख बजार सम्म यातायात सेवा सन्चालन भै सकेको र ग्रामीम क्षेत्रमा पनि मोटर मार्ग निर्माणहुने क्रम दैलेखमा भै रहेको छ । हामी नेपाली हरियाली वातावरण, ताल, झर्ना र प्रकृती संग रमाउनको लागी विदेशि भूमीमा जाने गर्दछौ । तर आफ्नो मुलुक भित्रका प्राकृतीक सम्पदाको बारे अनविज्ञ छौ । नेपालगन्ज, दाङ् र वुटवल पाल्पा बाट दैलेख भ्रमण गर्न जाने मानिसहरुले १० दिनको प्याकेज कार्यक्रमको समय मिलाएर भ्रमणको तय गर्दा राम्रो मानिन्छ । दैलेख जिल्ला इतिहासकार, प्रकृती प्रेमी, धार्मीकस्थल, नदी, झरना र वन जंगलको बारेमा अध्यन गर्नको लागी उपयुक्त जिल्ला मानिन्छ । एक पटक दैलेख पुगौ ! आन्तरिक पर्यटकहरुको आफ्नो भूमीमा भ्रमण गर्ने बानी बसाल्न सके राम्रो हुनेछ ।

मिति ः– २०७० भाद्र १३ गते दाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *