गाई पाल्ने भए एकपटक गोरखा पुगौ

  के.वि.मसाल
    आजभोली उद्यमी बन्ने होडवाजी चल्न थालेको छ । शहरमा बस्ने उद्योग व्यवसाय सन्चालन गर्ने,आर्थीकलाभ गर्ने अनि भौतिक सुखसुविधामा रमाउने कस्को इच्छा हुदैन होला र ?तर उद्योग व्यवसाय भनेको देखासिकि बाट गर्ने काम होइन । धेरैले यो कुरा बुझन नसक्दा घरबार विहिन बन्न पुगेका छन । कतिपय उद्यमी बन्ने सोचले गाउ छाडेर शहर पसेका मानिस व्यवसाय घाटामा गएर विदेश पलायन भएका छन । कतिले साहुको ऋण,अथवा वैकको ऋण तिर्न नसकेर घरखेत गुमाएर सुकुम्वासी भएका छन । व्यवसाय थाल्नु भन्दा पहिले अपनाउन पर्ने धेरैकुराहरु ख्यालै नगरी देखासिकिमा व्यवसाय सन्चालन गर्नाले यो समस्या आउने गरेको छ ।

     नेपालमा व्यवसाहिक रुपमा गाई पालन व्यवसाय सुरुभएको धेरै भएको छैन । अहिले गाउघर देखि शहर वजारमा रहेका वेरोजगार युवाहरुले गाई पालन व्यवसाय गर्नमा रुचि राख्न थालेका छन । तर गाई पाल्नु अगाडी व्यवसायको वारेमा पूर्व अध्यनभने धेरैले गरेको देखिन्न । गाई पालेर डेरी व्यवसाय सन्चालन गर्नेले गाईको लागि आहारा,स्वास्थ्य,गोठ र चरिचरण व्यवस्थापनको बारेमा धेरैकुराको अध्ययन हुनुपर्दछ । सुरुमा गाई पालेर डेरी व्यवसाय गर्नेहरुले १० वटा गाई बाट व्यवसाय सुरुगर्दा राभ्रो हुन्छ । नार्कका वैज्ञानिकहरु ले नेपालको हापापानी सुहाउदो जर्सि र होलस्टन जातका गाई पाल्न सिफारिस गरेका हुन्छन । समान्यता १० वटा गाई भएको गोठमा ७ वटा जर्सि र ३ वटा होलस्टेन जातका गाई पाल्न सकियो भनेव्यवसाहि लाई गोठको व्यवस्थापनमा सजिलो हुन्छ । थोरै लगानीमा गाई पालन व्यवसाय सन्चालन गर्नेहरुले सुरुमानै दुहुनु गाई पाल्न सुरुगरे राभ्रो हुन्छ ।

     अहिले नेपालमा उकृष्ट गाई पालन व्यवसायमा लागेका व्यवसायि गोरखा जिल्ला च्याङ्ली गाउ विकास समिती वाडनं. ८ का राजेन्द्र राज पन्त हुन । २०५२ साल देखि गाई पालन व्यवसायमा लागेका पन्तको डेरीफर्ममा अहिले होलेस्टेन फ्रिजन गाई ८० वटा जर्सिगाई ३० वटा र टेरनटाइज प्रजातीका १२ वटा गाई रहेका छन । डेरी केन्द्रमा रहेका धेरै दुधदिने गाईले दैनिक ३० लिटर दुधदिने र यो स्तरको गाई किन्न सावालाख पर्नेकुरा पन्त वताउनु हुन्छ । उन्नत जातका राभ्रागाई हल्याण्ड,अमेरीका,न्युजिल्याण्ड देखि ल्याउन पर्ने हुन्छ । छिमेकी मुलुक भारत बाट पनि नेपालमा गाई ल्याउने त गरिन्छ । तर ति गाईहरुमा भरपर्दो नश्लको विर्यबाट गाई लाई गर्भाधान गराएको हुन्न । केहि मुल्य कमि हुनाले कतिपय व्यवसायिले भारत बाट गाई ल्याउने गरेपनि ति गाई बाट राभ्रो आम्दानी लिन नसकिएको कुरा गाई पालन व्यवसायमा लागेका उद्यमीहरु बताउछन ।

       पशुपालन व्यवसाय परमपराको हो । यो पेशा नपढेका मानिसहरुले मात्र गर्ने हो भन्ने मान्यता रहेको हाभ्रो समाजमा इतिहास र राजनिती शास्त्रमा स्नातक भएका पन्तले पढेलेखेका सबै युवाहरु लाई चुनौती दिदै व्यवसाय सुरु गर्नु भएको हो । गोरखा जिल्लामा मात्र नभएर नेपालमै ठूलो र धेरै सख्यामा गाई रहेको कामधेनु गाई पालन केन्द्र च्याङ्ली उधारणिय बन्न सकेको छ । गाई पालन बाट अनुभव र आम्दानीको स्रोत बढदै जान थालेपछि पन्तले आफ्नो छोराहरु राजिव राज पन्त,र राजकुमार पन्त लाई पनि गाई पालन व्यवसायमा नै लगाउनु भएको छ । गाई पाल्नको लागि उहाले ५०० रोपनी ३८.४६ विघा जमिन राख्नु भएको छ । उक्त जमिनमा स्टाइलो,मलाटो,किम्बु,नेपियर र स्थानीय अन्य जातका घास लगाइएको छ । गाईको फर्ममा १५ जना कामदार समेत रहेका छन । दैनिक १००० देखि १२०० सम्म दुध फर्मबाट उत्पादन हुने गरेको छ ।

    कामधेनु गाई पालन केन्द्र च्याङ्ली गोरखा पुग्न पृथ्र्वी राजमार्गको विमलटार पुग्नु पर्दछ । काठमाण्डौ बाट १३२ कि.मि. र पोखरा बाट ६८ कि.मि. को दुरीमा रहेको तनहू जिल्लाको वन्दिपुर गाविसमा पर्ने विमलटारको चुनपहरा पल्लोपट्टी गाई पालन फर्म रहेको छ । तनहू र गोरखा जिल्ला लाई सिमा दिएको मस्र्याङ्दी नदीको पुल पार गर्ने वित्तिकै गाई फर्ममा पुगिन्छ । फर्म अवलोकन गर्नको लागि शुल्क तिर्नु पर्दछ । जब फर्म भित्र प्रवेश गरेपछि देख्नुहुनेछ,गाई कसरी पाल्नपर्ने रहेछ । कस्तो दाना दिनपर्ने रहेछ,आषधी उपचार कसरी गर्नपर्ने रहेछ,दुधदिने,व्याउनी भएको र कोरली गाईको गोठ कति फरकमा हुन पर्ने रहेछ । दुधखाने वाच्छावाच्छीको स्याहार कसरी गर्न पर्ने रहेछ । यस्ता गाई पालन व्यवसायमा आवस्यक पर्ने धेरैकुराहरु स्थलगत अध्यनबाट जान्न सकिन्छ । अनि वल्ल तपाईले सोचेका गाई पालन बारेका कुरा र कामधेनु गाई पालन केन्द्र हेरीसकेपछि तपाइको सोचमा धेरै भिन्नता पाउनु हुनेछ ।

    जुनुकै व्यवसाय किन नहोस,आफुले सन्चालन गर्न खोजेको व्यवसायको बारेमा स्थलगत अध्यन गर्न सकियो भने त्यसबाट श्रृजना भएको ज्ञानले व्यवसाय लाई थप उर्जा मिल्दछ । कुनैपनि व्यवसाय किन नहोस,सन्चालन गर्नु अघि स्थलगत अध्यन गर्ने बानी छैन हामीहरुको । जस्ले गर्दा व्यवसाय सन्चालन पछि देखिने कयौ कुराले नोक्सान पु¥याउछ । गाई पालन व्यवसाय सन्चालन गर्नेसोच राख्ने सबै लाई व्यवसायको बारेमा अध्यनगर्नको लागि उपयुक्त स्थान मानिन्छ गोरखाको च्याङ्ली । काठमाण्डौ–पोखरा यात्रागर्दा विमलटारको चुनपहरा बाट नै देखिने कामधेनु गाई पालन केन्द्र एक पटक पुग्नुहोस,त्यस पछि मात्र गाई पाल्ने सोचको विकास गर्नुहोस । तव मात्र तपाई ले सन्चालनमा ल्याउन खोजेको डेरी फर्म फाइदामा जाने छ ।

मिति–  वैशाख ४ गते दाङ्  

2 thoughts on “गाई पाल्ने भए एकपटक गोरखा पुगौ

  • March 1, 2016 at 4:38 am
    Permalink

    Can I get job in cow farm?
    Because I want to take knowledge of cow farm .

    Reply
    • March 1, 2016 at 4:39 am
      Permalink

      How can I take knowledge about cow farm?

      Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *