सामाजिक न्यायको खोजीमा जेष्ठ नागरिक

     के.वि.मसाल
मानिस जन्म भएपछि जवान हुदै वृद्ध अवस्थामा पुग्दछ । जीवनका धेरै उकाली ओराली पार गर्दै एक दिन उसको मृत्यु हुन्छ । जन्मे पछि सवै भन्दा सत्य पनि त्यहिनै हो । अहिले समाजमा सोचको परिवर्तन भएको छ । समाजमा रहेका जेष्ठ नागरिक अथवा वृद्ध नागरिकहर ले सामाजीक न्याय पाउन छाडेका छन । अतिपय वृद्ध नागरिकहरु आफ्नै छोराछोरीहरु बट अपहेलित भएका छन । विपन्न वर्गका वृद्धहरुको झन कहाली लाग्दो अवस्था छ । हामीले समाजमा सम्पन्न भनने गरेका परिवारको पनि अहिलेको वदलिदो परिवेसले गर्दा वृद्ध भएपछिको अवस्था असजिलो छ । राज्य बाट बनेका कानुन र वृद्ध नागरिकहरले पाउने सुविधा पनि कागजी रुपमा मात्र भएको छ । सामाजीक सेवामा लागेका मानिसहरले खोलेका वृद्ध आश्रम पनि आर्थीक रुपले सक्षम नागरिकहरु बाट सहयोग पाउनु भन्दा पनि समाजमा रहेका वृद्ध आफन्तहर लाई आश्रममा राख्नखोज्नेको सख्या पनि कमीछेन । यस्तो अवस्थामा दाङ् जिल्लाको घोराही नगरपालिका– ९ तेरौटे मा सन्चालनमा जेष्ठ नागरिक सरोकार केन्द्र दाङ् द्धारा सन्चालनमा आएको वृद्धा आश्रमले केहि वृद्ध नागरिकहरु लाई आश्चयस्थल दिएको छ ।

जेष्ठ नागरिकको संमान गरौ,सहभागिता वढाऔ,सगसगै रमाऔ भन्ने नारा त जेष्ठ नागरिक महोत्सवको समयमा हामी सवैले भन्ने गर्दछौ । जेष्ठ नागरिक लाई विनियोजित गरेको रकम गाविस, जिविस, र मन्त्रालयवाट पनि खर्च भएको छ । घर परिवार बाट अपहेलित पाटी र पौवा अनि वृद्धआश्रममा बसेका जेष्ठ नाागरिकहरु लाई जम्मा पारी महोत्सव र उत्सवमा चियापान गराएर गोहिले आसु झारेझै जेष्ठ नागरिकहरु लाई संमान दिने,आस्वासन दिने र राज्यबाट सवै सामाजिक सुरक्षा एवं आर्थीक सहयोग समेत उपलव्ध गराउने शव्दले जेष्ठ नागरिकहरु लाई आशा मुखी वनाइ दिएको हुन्छ ।

नेपालमा अहिले जेष्ठ नागरिकहरु को सख्या २७ लाख पुगेको छ । विश्वभरीको सख्या लिने हो भने संसारभरी जेष्ठ नागरिकहरु को सख्या ७६ करोड पुगेको छ । विश्को सामजिक परिवेश हेर्ने हो भने नेपालमा मात्र होइन जेष्ठ नागरिकहरु लाई गर्नुपर्ने संमान र उनिहरु को सामाजिक सुरक्षा र हकहितको बारेमा विश्वमै जेष्ठ नागरिकहरु उपेक्षित भएका छन । हाभ्रो देशमा सरकारले जेष्ठ नागरिकहरु का लागि दिघ्रकालिन राहत र संरक्षण योजना ल्याउन नसक्दा घरेलु हिंसा, सामाजिक, आर्थीक दुव्र्यवहार समेत जेष्ठ नागरिकहरु ले खेप्नु परेको छ । कुनैपनि जेष्ठ नागरिक वृद्धहुनु उसको दोष होइन । यो त प्राकृतीक नियम हो । जन्मेपछि जो कोहिपनि त्यो अवस्थामा एक पटक पुगिन्छ । तर पनि राज्य र अपहेलित भएका जेष्ठ नागरिकका घर परिवार एवं समाजले त्यो कुरा वुझेपनि नवुझे झै गरिदिनाले यो समस्या समाधान हुनुको साटो जेष्ठ नागरिकहरु ले भोग्नु परेको पिडा थपिएको छ ।

आधुनिक रहन सहन बसाइ सराइको अत्यधिक प्रचलन रोजगारीको लागी गाउ छाडी मुलुक भित्र र विदेशको यात्रा जस्ता कारणले पनि कतिपए जेष्ठ नागरिकहरु ले खोजे जस्तो संरक्षण र उचित स्याहार सुसार पाउन सकेका छैनन । जेष्ठ नागरिहरु विच गएर अध्ययन गर्ने हो भने उनिहरुको वास्तविक समस्या को पहिचान गर्न सकिन्छ । राज्यले वानाएको नितिपनि ले पनि जेष्ठ नागरिकहरु लाइ उपेक्षित वनाएको छ । उधारणको लागि महिला वालवालिका र जेष्ठ नागरिकहरु लाई राज्यको तर्फबाट दिइने राहत एवं सामाजिक सेवा लिन खोज्यो भने पहिला महिला त्यसपछि वालवालिका र अन्तमा जेष्ठ नागरिकको पालो आउछ । नेपालमा पलिो पटक नेकपा एमाले पार्टी सरकार भएको वेला २०५२ साल देखि रु ५०० सामाजिक सुरक्षा भत्ता सरकारले दिन थालेपनि कानुनले त्यो रकम लिन जेष्ठ नागरिकहरु ले विभिन्न झमेला खेप्नु परेको छ ।

विगतलाई फर्किएर हेर्ने हो भने सामाजिक सुरक्षा भत्ता कतिपय जेष्ठ नाकरिकहरु को आफ्नै घरपविारले नै खर्च गरिदिने, कतिपय गाविस र नगर पालीकाले कागजी प्रमाण मिलाएर जेष्ठ नागरिकहरु को भत्ता कर्मचारीले नै खाने जस्ता नमिठा घटना समेत सुन्नमा आएका छन । गतसाल देखि जेष्ठ नागरिकहरु को भत्ता वैक मार्फत भुक्तानी गर्ने नियम वनाएको छ । यसले झन जेष्ठ नागरिकहरु लाई भत्ताको रकम बाटो खर्च,सहयागिहरु मा हुने खर्च जस्ता आर्थीक बोझ मात्र होइन वृद्धहरुको लागि वैक भएको स्थानमा पुग्न मानविय दृष्ट्रिकोणले पनि नमिल्दो देखिएको छ । सरकारले यस्ता समस्या किन वुझदैन सचेत जेष्ठ नागरिकले पश्न उठाएका छन । प्रत्यक गाउ र वस्तीमा वैकिङ्सेवा पुगेको छैन । सरकारी कारोवार गर्ने वैक जिल्ला सदरमुकाम र यस्तै अन्य शहरि क्षेत्रमा केन्द्रित छन । जेष्ठ मात्र होइन शारिरीक रुपलेपनि वृद्ध भै सकेका नागरिकहरु त्यो भत्तालिन एक्लैजान सक्दैनन । उसले कसैको सहारा लिनु पर्दछ । प्रत्यक जेष्ठ नागरिकको घर आगनमा मोटर मार्गले छोएको छैन । दुर्गम पहाडी जिल्लामा सदरमुकाम आउन २–३ दिन सम्म पैदल यात्रा गर्नुपर्छ । यस्तो अवस्थामा मासिक ५०० सय भत्तालिन यो सरकारी नियम संभव छ ? खै त हाभ्रा राजनैतिकदल का नेताहरु ले जेष्ठ नागरिकहरु को समस्या वुझेका …?

हाभ्रो समाज आफ्नो लागि भन्दापनि सन्तानको लागी बढि सोच्ने,खाइ नखाइ सन्तानको लागी सम्पती जोगाउने संस्कार बसेको छ । तर हामीले सोचेजस्तो व्यवहार आफ्नै सन्तानबाट पाउन सकेका देखिन्न । समाजमा जेष्ठ एंव वृद्ध नागरिकहरु लाई विरामी हुदा औषधी उपचार मात्र होइन साझ विहानको हातमुख जोडने समेत कठिन भएको छ । आर्थीक विपन्न र स्थाई आय–आर्जन नभएका जेष्ठ नागरिकहरु को अहिलेको समस्या यस्तै अवस्थामा रहेको छ । जिल्लामा सामाजिक संघ÷संस्थावाट सेवादिन खोलिएका जेष्ठ नागरिक सरोकार केन्द्र र वृद्ध आश्रम पनि आर्थीक कारणले सवै जेष्ठ वृद्ध नागरिकहरु लाई आवस्यक सेवा र संरक्षण दिन सकेका छैनन । कोहि कसैले समय सन्दर्भमा केहि नगद र जिन्सी वृद्धआश्रममा दानगर्ने प्रचलन देखिए पनि त्यसले मात्र आश्रम चल्ने अवस्था छैन ।

मानिसको जन्म भएपछि वालक ,किशोर ,युवा,वयस्क र ६० वर्ष पुगेपछि सामाजिक मान्यता र कानुनी रुपले जेष्ठ नागरिक हुदै वृद्ध अवस्थामा पुग्दछ । मानिस जन्मिए पछि सन्तानको  जन्मदिने  प्राकृतीक नियम हो । दापत्य जीवन यापन पछि सन्तान भएन भने मेडिकल परिक्षण देखि लिएर अहिलेको मेडिकल प्रविधिलाई समेत प्रयोग गरी सन्तानको खोजिमा लाग्ने मानिस समाजमा छ । भनिन्छ जन्म दिने आमा,बाबु इश्वर सरह हुन । एक पटक बावु र आमाको उमेरमा सवै मानिस पुग्नु पर्दछ । भन्ने कुरा सवैले सोच्ने हो भने अहिले सामाजिम न्याय खोजि रहेका जेष्ठ नागरिकहरु ले पारिवारिक र सामाजिक रुपले अपहेलना हुनेक्रम मा कमि आउछ ।

आज विश्वलाइृ हेर्ने हो भने सामाजिक वातावरण नै वदलिएको छ । सामाजिक परिवर्तन ले कतिपय कुरा सामाजिक हितकर पन ल्यायको हुन्छ भने परिवर्तन मा केहि अप्ठयारा परिस्थितीको पनि सिर्जना हुने गर्दछ । त्यहि असजिलो परिस्थितीमा नेपनली जेष्ठ नागरिकहरु को अवस्था रहेको छ । केहि वर्ष यता आएर आर्थीक प्रगतीका नया अवधारण वैदेशिक रोजगारी,भूमण्डलीकरणका नकारात्मक प्रभावका कारण जेष्ठ वृद्ध नागरिकहरुको परंम्परागत संरक्षण मा कमी देखिएको छ । यो भन्दा पनि आर्थीक विपन्नताको कारण जेष्ठ जानगरिकहरु ले भौतिक,सामाजिक र स्वास्थ्यसंम्वन्धी समस्या भोग्नु परेको छ । गरिव ,निमुखा ,असहाय, उवं आर्थीक स्थिती राभ्रो हुदा हुदै पनि सामाजिक चेतनाको अभावमा हेपिएका जेष्ठ वृद्धनागरिकहरु को हेरचाह,प्रत्यक्ष सेवा, परामर्शसेवा, र यस्तै वृद्धहरुको लागी आवस्यक पर्ने मानवियसेवा आवस्यक भएको छ । यसमा सामाजिक सोचलाई सकारात्मक दिशा तर्फ ल्याउन राज्यले उचित कानुनको तर्जुमा गर्नुपर्दछ ।

राज्यले अहिले दिदै आएको सामाजिक भत्ता समय अनुकुल वढदैजाने महगीसंग मिल्ने हिसावले प्रत्यक वर्ष वृद्धि गराउदै लानु पर्दछ ।  जेष्ठ नागरिकहरु लाई संमान पूर्वक जीवन यापन गर्नदिन सामाजिकर कानुनी तवरबाट राज्यको कर्तव्य हो । राज्यले दिघ्रकालिन योजना वनाएर असाहय जेष्ठ वृद्धनागरिक लाई संरक्षण दिने वृद्धआश्रम प्रत्यक जिल्ला र क्षेत्रमा राख्नु पर्दछ । राज्यलाई हरेक नागरिकहरु ले तोकिएको कर तिरेको हुन्छ । यो वाहेक जेष्ठ नागरिकहरु लाई दातृ निकायहरु ले पनि सहयोग राज्यलाई प्रदान गरेको हुन्छ । यसरी जम्मा भएको सहयोग रकम जेष्ठ नागरिकहरु को संरक्षणमा खर्च गरिनु पर्दछ । अनिमात्र जेष्ठ नागरिकहरु ले पाउने छन सामाजीक सुरक्षा र संरक्षण । सामाजिक न्यायको लागी जेष्ठ नागरिकहरु को आवाज लाई सवैले सकारात्मक रुपले लिनु पर्दछ । समाजमा देखिएका वृद्धनागरिक का समस्या लाई सामाजिक तवरले हलगर्दै जाने हो भने यो समस्या कुनैदिन समाजमा देख्न सकन्न । आफ्ना वालवालीका हरुलाई सानै देखि जेष्ठ नागरिकहरुको संमान र सेवागर्न सिकाऔ ,आफु र समाजका नागरिकहरु लाई पनि वृद्धहरु लाई गर्ने व्यवहार, संमान, सेवा मा लाग्ने वातावरण श्रृर्जना गर्ने अभियानमा जुटौ ।
मिति– २०६९ चैत्र ७ गते दाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *