सस्मरण हिमाल पारीको सामा गाँऊ…….६

के.वि.मसाल
सामा गाँऊको कुराकानीमा रात निकै बितेको थियो । बोहरा सरले देखेको हिम नदी बाट बनेको प्रोक गाउको कल्छुमान ताल र छेकम्पारको छोसोङ् ताल, मु–गुम्वा र दैरान गुम्वाको वर्णन र हिमाल पारीका गाँऊका कुराले हामी लाई मिठो निन्दा्र लाग्यो । बिहान उझयालो के भएको थियो झुल्के घामंसग हिमालको सुनौलो रंगले गाँऊलाई रमाइलो बनाई दियो । बोहरा सर लाई त्यहाको भूगोलको बारेमा राम्रो अध्यन रहेछ । उहाले हामीलाई संकेत गर्दै देखाउन लाग्नु भयो । यतापट्टीको हिमालको भाग लार्के र ग्याला भन्ज्याङ्गको संगम स्थल हो । उ त्यहा बाट स्यार खोला र चुलिङ् खोला आउछ । यो भाग बाट माछा खोला, नाबुङ् खोला, दोभान खोला र रिचिटे खोला बग्दै आउछ । सबैखोला मिसिएर वुढीगण्डकीको नामाकरण हुन्छ । वुढीगण्डकीले धादीङ् र गोरखा जिल्लाको सिमा बनाएर बग्दै गएर पृथ्र्वी राजमार्गको वेनिघाटमा पुगेपछि त्रिशुलीमा मिसिन्छ ।

हिमाल पारी सामा गाँऊ नजिकै रहेको मनासलु हिमाल विश्वकै आठौ अग्लो हिमाल हो । मनासलु शब्द सँस्कृत भाषाको मान शब्द बाट बनेको रहेछ । जसको सोझो अर्थ मन वा चैतन्य भन्ने जनाउछ । तिब्बती भाषामा मनासलु लाई कुताङ् भनिदो रहेछ । हिमाल आरोहिले मनासलु हिमाल लाई किलर माउन्टेनको उप नामले पनि चिनिदो रहेछ । जसको अर्थ हुदो रहेछ –हत्यारो हिमाल । मनासलु हिमाल चढन आउनेमा अनुपातमा अन्य हिमाल भन्दा धेरै मनासलु हिमाल आरोहिहरु मर्ने गरेको हुनाले हिमालको नाम पनि हत्यारो हिमाल राखिएको रहेछ । कुराकानी गर्दै हामी चिया खानको लागी नजिकैको एउटा घरमा पुग्यौ । गाँऊमा पढाउने शिक्षक भएपछि हामीलाई केहि असुविधा भएन । घर भित्र पस्ना साथ बोहरा सरले लसो…भन्नु भयो । हामीले पनि लसो…को स्वर मिलाउदै अगेना छेउमा बस्न पुग्यौ । हामी लाई देखेर घरकी महिलाले बोहरा सर लाई सोधिन कताको रोङ्वा हो ? हिमाली भेगका मानिस बाहेक अरु लाई उनिहरुले रोङ्वा भन्दा रहेछन । पुराना मानिसहरुले रोङ्वाहरु लाई सहजरुपले विस्वास पनि गर्ने रहेनछन ।

हामी मोथेको चियाँसंग जौंको सातु खादै थियौ, एकजना वृद्ध लामा त्यो घरमा आए । उनको उमेर ९४ वर्षको भएको रहेछ । सानु उमेरमा उनि पुञ्चेन गुम्वामा पनि बसेका रहेछन । उनको नाम रिन्जेपासाङ् डोमालामा रहेछ । उनलाई सामागाँऊको बारेमा पुराना धेरै घटनाहरु थहा रहेछ । तर समस्या उनी राम्रो संग नेपाली भाषा बोल्न भने उनलाई गारो हुदो रहेछ । सामा गाँऊको एउटा जिउदो इतिहास भेटाउदा हामी ज्यादै खुशि भयौ । उनि के कामले त्यो घरमा आएका थिए ! उनले आफ्नो काम भन्न नपाउदै महिले सोध्न थाले । हामी सामा गाँऊ घुम्न आएको हो । यो गाउको बारेमा पुराना कुराहरु भनिदिनुस न ? मैले कुरा सोध्दै छु, उनि शिक्षक बोहराको अनुहार तिर हेर्न लागे । महिले बुझ उनले मेरो कुरा बुझेनन । बोहरा सरले स्थानीय भाषा बुझने रहेछन । उनले मेरो जिज्ञासाका सबै कुराहरु लामा लाई बुझाई दिए । लामाले भन्न थाले सामा गाँऊको कुरा लामो छ । यो गाँऊको दुःख कसैले सुन्दैन । रोङ्वाहरु आउछ जान्छ । बरु यहा विदेशिले सहयोग गर्दछ ।

बोहरा सर भाषा मध्यस्तकर्ता हुदै हामीले वृद्ध लामाको कुरा सुन्न लाग्यौ । उनले सुनाउन लागे पहिला,पहिला कुताङ्, मनासलु हिमाल चढन धेरै विदेशि आउने गर्दथियो । कोरियन र जापानीहरु क्ुताङ् चढन थाले  पनि सकेन । नेपाली सम्वत १०–११ सालतिर हो जापानीहरु क्ुताङ्को ७७५० मिटर सम्म पुग्यो तर चुचुरोमा पुग्न सकेन । त्यहि समयमा सामा गाँऊमा ठूलो हिम पहिरो गयो । गाँऊको पुञ्चेन गुम्वा पनि भत्कियो । गाउका १८ जना मानिसहरु पनि मृत्यु भयो, यसरी भएको प्राकृतीक विनासकारी क्षति,हिमालमा विदेशि पुग्यो भनि देवता रिसाएर भएको विस्वास गाउलेहरुले लिए । अर्को बर्ष जापानीको टोली हिमाल आरोहण गर्न जादा गाउले संग भगडा भयो । स्थानीय वासीले हातपात समेत विदेशि लाई गरे हिमाल चढन दिएनन । उनिहरु गाँऊ छाडेर भागे । त्यस पछि जापानले नै ठूलो धनराशि खर्च गरेर पुञ्चेन गुम्वाको पुनः निर्माण गरिदियो । त्यसपछि मात्र १५ साल तिर हो पहिलो पटक जापानी नागरिक टी. इमानिसी र नेपाली ग्याल्जेन नोर्वुले मनासलु हिमालको शिखरमा पुग्न सके । वृद्ध लामाले इतिहास तिथी मिति समेत दिएर हामीहरु लाई सुनाउदा मलाई आश्चर्य लाग्यो । कस्तो सस्मरण हिमाली भेगका मानिसहरुको ? कुराकानीको क्रममा हामी पुञ्चेन गुम्वाको अध्ययन गर्ने समेत निर्णय लियौ ।

हिमाल पारी सामा गाँउका मानिसले कि राम्रो मानुन रोङ्वा लाइ, वि .स .२०१० सालमा भत्केको पुञ्चेन गुम्वा त्यतिबेला सरकारले डेडबर्ष सम्म पनि थाहा पाएन रे । मृत्युहुने मानिसहरुको क्षतिपूर्ति त कता हो कता । जीवन भन्दा पनि अस्थाका कारणले गुम्वाको माया बढी गर्ने सामा गाँउका मानिसहरु लाई रिस पनि किन नउठोस । अनि कसरी मान्ने रोङ्वाको विस्वास ? पुञ्चेन गुम्वा पुग् लागेका थियौ, एकजना भिक्षु भेटिनु भयो । उहा गुम्वामा बस्नु हुदो रहेछ । बोहरा सरको सहयोगले हाम्रो चिनजान भयो । उहाको नाम तेन्जीङ् डोमा लामा रहेछ । विगत ५० बर्ष अगाडी देखिनै उहा गुम्वामा बस्दै लामाको शिक्षा, दिक्षा लिएर लामा बन्नु भएको रहेछ । उहाले गुम्वा देखाउदै भन्नु भयो, यो गुम्वा यो भेगको सबैभन्दा पुरानो हो । तिब्बत बाट नै लामाहरु आएर बनाएको गुम्वा हो । यसको इतिहास लामो छ,यो गाँऊ बस्नु भन्दा पहिल्य गुम्वा बनेको कुरा हाम्रो गुरुहरुले सुनाउनु भएको थियो । महिले सोधे गुम्वा भनेको के हो ? बौद्ध मार्गीहरुको लागी गुम्वाको महत्व ठूलो छ । लामा भाषामा गोन्पा भन्ने शब्द अपभ्रशं हुदै गुम्वा भएको हो । गोन्पाको दुईवटा अर्थहरु हुन्छन । पहिलो कुरा मानव बस्ती देखि कम्तीमा ८५० मिटर टाढा, एकान्त स्थल, शान्ति भएको ठाऊ लाई गुम्वा भनिन्छ । दोस्रो कुरा हो गृहस्ती जीवन त्यागेर शान्ति प्राप्तीको लागी पूजा पाठ गर्ने ठाउ लाई गुम्वा भनिन्छ ।

कुरा गर्दै लामाले हामी लाई पुञ्चेन गुम्वा भित्र लानु भयो । गुम्वाको भित्ताका लेखियका सुनौला अक्षर र बुद्धका तस्वीर अनि थाङ्काहरु देख्दा यो मिहिनेत कुन कलाकारले ग¥यो होला भने जस्तो लाग्यो । हामी आफ्नै ध्वनमा टोलाउदै थियौ, लामाले भन्नुभयो– हिजोआज गुम्वा भनेपछि बुद्धको मूर्ति र बौद्धधर्मको कितापहरु राखिएको र सबैले शान्ति र सुखको लागी प्राथना गर्ने मन्दिर जस्तो बुझदछन । तर यसलाई  खासगरी लामा भाषामा ल्हा खाङ्, छोग खाङ् र दु खाङ् भनिन्छ । गुम्वाले हिमाली भेगमा बस्ने बौद्धमार्गीहरुको सस्कृतीको जगेर्ना गर्ने काम पनि भएको छ । भित्तामा सजिएको चित्रहरु द्येखाउदै लामाले भने गुम्वाको बाहिरी आकार र भित्र सजाईएको देवताहरु सवै मण्डलको रुपमा बनाउनु पर्दछ । गुम्वाको बाह्य कुराहरु जस्तै झयाल, ढोका, गजुर आदी हजारौ बर्ष देखि चलि आएको कला र सस्कृती अनुरुप बनाउनु पर्दछ । लामाले हामी लाई गुम्वाको वर्णन गर्दै हुनुहुन्थो, गुम्वा भित्र पुजा पाठको बेला भएको रहेछ भ्याम्टो र ढ्याङग्रोको आवाज सुरु भयो । एकैछिन भए पनि हामी गुम्वा भित्र नतमस्तक भएर ध्यानमा बस्यौ ।

सामा गाँऊको भ्रमण मलाई अत्यन्त फलदायिक मानेको छु । जति कुरा सुने पनि सुनिरौ भने जस्तो भएको छ । हिमालको चिसो हावाको समेत हामी लाई कुनै वास्ता छैन । बोहरा सर संग हामी उहाको डेरामा फर्कन लाग्यौ । बाटोमा मैले सोधे यहा मुद्दा,मामिला प¥यो भने के हुन्छ ? बोहरा सर भन्छन खै सर मआएको पाच बर्ष भयो अहिले सम्म कसैको मुद्दा परेको छैन । प¥यो भने लामाहरुले आफै मिलाउछन । साना झै झगडा गाँऊमै मिलाउछन, ठूला मुद्दाभए लामाले गुम्वामा लगेर मिलाउने गरेको महिले देखेको छु । कति शान्त सामा गाँऊ झगडा समेत नहुने ? अनि महिले सोचे गाँऊमा नमिलाएर के गर्ने सदरमुकाम गोरखा वजार आउन परे ५३ कोस पैदल हिडनु पर्दछ । सामान्य मानिस लाई ७ दिनको बाटो हिडेर न्याय माग्न सदरमुकाम आउनु भन्दा गाँउको झगडा गाँऊमा नै मिल्न ठिक ।
मितिः – २०७० आषाढ १९ गते दाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *