रेडियोको इतिहास र वर्तमान अवस्था
के.वि.मसाल
अहिले रेडियो बज्दा,सुन्दा सबैलाई केहि लाग्दैन होला ! तर पहिलो दिन रेडियो सुन्नेको मानिसको अनुभव कस्तो होला ? रेडियोको इतिहासमा पहिलो पटक रेडियोको कार्यक्रम सुनेका मानिसहरु यदि भेटहुन्छ भने सोध्नुहोस ! र उहाहरु बाट अनुभव लिनुहोस । रेडियोको बारेमा केहिकुरा थाहा नभएको समयमा एक्कासी रेडियोको आवाज सुन्दा त्यतिवेला के भयो होला ? यस्तै भयो नेपालमा २००७ सालमा । राणा शासकहरुको विरोधमा भूमिगत रुपमा देशको प्रमुख वजारहरमा आन्दोलनको तयारी हुदै थियो । एक्कासी रेडियोको आवाज सुनियो । लुकाइ,छिपाइ भारत बाट ल्याएका रेडियो सेट खुल्न थाले । २००७ सालको मंसिर २८ गते विहान ८.३० वजे रेडियो प्रसार सुनिन थाल्यो । यो नेपाल प्रजातन्त्र रेडियो हो । हामी विराटनगर मुक्तिमोर्चाबाट बोलिरहेका छौ ।
नेपालको रेडियोको इतिहास फर्केर हेर्दा व्यवस्था परिपवर्तनको लागी रेडियो सन्चलनमा आएका छन । ०७ सालमा राणा विरुद्ध थालेको शसस्त्र आन्दोलन देखि लिएर तत्कालिन द्धन्द्धको समयमा माआवादीले सन्चालनमा ल्याएको रेडियोनै किन नहोस ! राणा शासनको विरुद्धमा विराटनगरको जुटमिलको एउटा कोठाबाट त्यतिवेला आकाशवाणि सेट राखेर ४१मिटर बेण्ड शर्टवेभमा प्रसारण गरिएको रेडियोले काठमाण्डौ,दार्जलिङ्,गोरखपुर र बनारस सम्म सुनिएको थियो । यसरी संघर्षको लागी सन्चालनमा आएको रेडियोले संघर्षका समाचार प्रसारित गर्न उपयोगि माध्यम मानिएको थियो । रेडियोको इतिहासमा सर्वप्रथम २००३ सालमा काठमाण्डौको अहिले विद्युत प्राधिकरण रहेको त्यतिवेलाको भवन बाट ५ वाटको रेडियो सुरुवात भएको थियो । यो प्रसारण ८ महिना मात्र हुन सक्यो । यसरी ०७ सालमा प्रजातन्त्र प्राप्त भएपछि २० चैत्र देखि औपचारीक रुपमा नेपाल रेडियो वज्न थालेको हो ।
विश्वको रेडियो प्रसारणको इतिहास हेर्ने हो भने विद्युतिय चुम्वकिय तरङ्गको सिद्धान्त सन् १८६० मा प्रतिपादन भएपनि रेडियोको प्रसारण भने सन् १९१९ देखि भएको हो । अमेरिकाको पिटूसवर्ग शहरमा वेष्टिङ् हाउस कम्पनीले विश्वमानै पलिो पटक व्यवसायिक रेडियो प्रसारण सुरु गरेको हो । त्यसको लगतै सन् १९२० को दशकमा अमेरिका र वेलायतमा रेडियो प्रसारणले गतीलियो । सन् १९२२ मा बिटिस ब्रोडकाष्टिङ् कम्पनीको स्थापना भयको रेडियो सन् १९२७ मा आएर ब्रिष्टिस ब्रोडकाष्टिङ् कर्पोरेशनमा परिणत भएको थियो । जुन रेयिो आज संसार भर बि.बि.सी. को नाम बाट परिचित छ । आजभन्दा ९१ बर्ष पहिले स्थापना भएको रेडियो बिबिसी रेडियोले आज संसारभरका मानिसहरु लाई धेरै भाषामा समाचार प्रसारण गर्ने गर्दछ ।
नेपालमा रेडियोको इतिहास फर्केर हेर्दा सरकारी स्तरबाट रेडियो प्रसारणमा आएको ५० बर्ष पछि गैरसरकारी क्षेत्रलाई एफएम प्रविधिको प्रयोग गरी रेडिायो प्रसारण गर्न सरकारले अनुमति दियो । यसै प्रविधिबाट वि.स. २०५२ सालबाट एफएम काठमाण्डौको प्रसारण सुरुभएको हो । त्यसपछि क्रमिक रुपमा रेडियो एफएमहरुले अनुमति लिन थाले । नेपालमा मात्र नभएर दक्षिण एशियाकै पहिलो सामुदायिक एफएम रेडियो २०५४ सालमा सुरु भएको हो । त्यसपछि क्रमश कान्तीपुर,इमेज र मेट्रो एफएमले पनि आफ्नो प्रसारण सुरुगर्न थाले । आम सञ्चारमा रेडियोहरुको श्रोता बढन थालेपछि सरकारले वि.स. २०४९ मा रेडियो प्रसारण ऐन बनाएपछि रेडियोको सख्या बृद्धिहुन थाल्यो । सरकारको निती अनुसार पछिल्लो समयमा सामुदायिक तवर बाट समेत एफएम प्रसारण सुरुहुन थाल्यो । अहिले नेपालमा ३ सय ६४ ओटा एफएम रेडियोले अनुमति लिएका छन । अनुमति लिएका मध्य २सय८५ रेडियो सन्चालनमा आएका छन । सन्चालनमा आएका एफएम रेडियोहरुमा पाचस्थानमा महिलाहरुले मात्र रेडियो संन्चालनमा ल्याएका छन । विराटनगरमा रहेको रेडियो पूर्वाञ्चल महिलाहरु बाट सञ्चालन भएको पहिलो एफएम रेडियो हो । यो वाहेक महिलाहरुले वुटवल,पर्वत,उदयपुर, र जुम्लामा समेत महिलाहरुले मात्र सञ्चालनमा ल्याएका एफएम रेडियो छन ।
आम सञ्चारको क्षेत्रमा नेपालमा सख्यात्मक रुपले उलेख्य विकास भए पनि गुणात्मक रुपमा भने अधिकांश रेडियोहरुले सुधार ल्याउन सकि राखेका छैनन । मुलुकको लोडसेडिङ् कै कारण पहाडी र हिमाली जिल्लामा रहेका एपएम रेडियोहरु विद्युतको लोडसेडिङ् तालिका अनुसार खुल्ने र बन्द हुने गरेका छन । तरपनि सञ्चारको क्षेत्रमा आम जनताहरु लाई सुस्ूचित गराउने माध्यम भने एफएम रेडियोहरु बनेका छन । एफएम खुल्दैजादा सञ्चारकर्मीहरु को सख्या बढेको छ ।युवा पुस्ताहरुमा पत्रकारिता प्रति रुचि जगाएको छ । पत्रकार,साहित्यकार,कला सस्कृती प्रेमी लगायत सबैलाई आफ्नो प्रतिभा पोख्ने थलोपनि रेडियोहरु बनेका छन । तर त्यस क्षेत्रमा काम गर्ने श्रमिक सञ्चारकर्मीहरुले उचित पारिश्रमिक नपाउने समस्या भने बढेको छ । तरपनि रेडियोको इतिहासमा रेडियो आविष्कार हुदा जतिकुरा यस बाट प्रसार होला भन्ने तगाइएको अनुमान भन्दा अहिले धेरै कुराहरु सुन्न पाइएको छ । अहिले आएर एफएम रेडियो हरमा फ्रिक्वेन्सीको समस्या हुन थालेको छ । एउटै जिल्ला अथवा सानो एरियामा धेरै रेडियो स्टेशन हुदा फ्रिक्वेन्सी दुधेर श्रोताहरु लाई आफुलाई इच्छा लागेको रेडियो सुन्न पाएका छैनन । यो प्राविधिक त्रुटी लाई हटाउन पर्ने भएको छ ।
रेडियोको प्रसारण हुनु भन्दा धेरै बर्ष अगाडी बाट नेपालमा छापा पत्रकारिताको आरम्भ भयको हो । तर पनि छिमेकि मुलुक भारत भन्दा करिव ३०० बर्ष पछाडी मात्र नेपालमा प्रेस भित्रिएको इतिहास छ । राणा प्रधानमन्त्री जंग बहादुर राणा वेलायत बाट फर्कने क्रममा सन् १८५१ म हातेप्रेस ल्याइएको थियो । यो प्रेस लाई गिद्धे प्रेस पनि भनिन्थो । यसरी सुरु भएको नेपालको छापाखानाको इतिहास बाट मोतिराम भट्ट द्धारा वि.स. १९५५ मा सुधासागर नामक साहित्यिक पत्रिका प्रकाशन भयो । जुन पत्रिका नेपालबाट प्रकाशित भएको पहिलो पत्रिका हो । सुधासागर प्रकाशित भएको ३ बर्ष पछाडी १९५८ मा गोरखापत्र को प्रकाशन भएको हो । सरकारी स्वामित्वमा रहेको जुन पत्रिका अहिले पनि प्रकाशित हुदै आएको छ ।
आम सञ्चारको क्षेत्रमा नेपालले छोटो समयमा धेरै विकास गरेको मानिन्छ । अहिलेको अवस्थामा हेर्ने हो भने रेडियो मात्र होइन टेलिभिजन,स्थानिय च्यानल,नेट इन्टरनेट र पत्रिकाको सख्या हेर्ने हो भने पनि सञ्चारको विकास भएको मान्न सकिन्छ । वर्तमान अवस्थामा नेपालमा ६ हजार ३५० पत्रपत्रिकाहरु दर्ता भएका छन । दर्ता भएका कुल पत्रिका मध्य दैनिक ४०४ साप्ताहिक २ हजार ६७ मासिक १ हजार ७८९ को अभिलेख सूचना विभाग संग छ । तरपनि दर्ता भएका अधिकांश पत्रिकाहरु नियमित प्रकाशनमा भने आउन नसकेको अवस्था छ । यस्तो अवस्था एफएम रेडियोमा पनि देखिएको छ । आर्थीक अवस्थाको कारणले गर्दा सवै किसिमका मिडिया हाउसको अवस्था उस्तै रहेको छ ।
राणा शासन देखि लिएर वर्तमान अवस्था सम्म नेपालका सञ्चार माध्यमले व्यवस्था परिवर्तनको लागी खेलेको भूमिका महत्वपूण मानिएको छ । तर प्रेस प्रति राजनैतिक दलहरु भनाइ र गराइमा भने प्रेसप्रतिको व्यवहार उल्टो हुदै आएको छ । नेपाल िप्रेसले स्वतन्त्रताको लागी आवाज उठाउन लागेको धेरै दशक भै सकेको छ । सडकमा रहदा प्रेस स्वतन्त्रताको उरा उठाउने राजनैतिकदलहरु सत्तामा पुगेपछि प्रेसलाई दमनगर्ने नितिलाई छाडन सकेका छैनन । एउटा सत्य के हो भने सञ्चारको सिमा हुदैन ।तर यससगै अर्को सत्यपनि छ,त्यो सत्य भनेको हरेक राष्ट्को सिमा हुन्छ । हरेक सञ्चारमाध्यमको सिमा हुन्छ । हरेक सञ्चारकर्मीहरुको राष्ट् र राष्ट्यितापनि हुन्छ । यो समग्र चेतना सहितको नागरिकनै सुसूचित नागरिकमा गनिन्छ । त्यो नागरिकको निर्माण स्वयं. सञ्चारमाध्यमले गरेको हुन्छ । त्यसैले अवपनि प्रेस लाई दमन गर्ने निती राजनैतिक दलहरुले त्याग्न सकेनन भने अवका दिनहरुमा आ सञ्चारकर्मी र सञ्चारसगं सम्वन्धित सघंसस्थाहरु चुप लागेर बस्ने छैनन ।
मितिः– २०७० जेष्ठ १५ गते दाङ्