बाउन्न टाकुरी र त्रिपन्न पोखरीको सेरोफेरो
के.वि.मसाल
रुकुम जिल्ला लाई बाउनन पोखरी र त्रिपन्न टाकुरी भनेर पनि चिन्हे गरिन्छ । रुकुममा धेरै प्राकृतीक सम्पदाहरु छन जुन सम्पदाले सबैको मन लोभ्याउछ । तर रुकुमको बारेमा अध्यन,अनुसन्धान हुन धेरै सम्पदा बाकी रहेका छन । हालै केहि साहसी हिमाल आरोहीहरुले सिस्ने हिमालको आरोहन गरे पनि अन्य हिमालको बारेमा अझैपनि आरोहनको लागी अध्यन हुन बाकी छ । स्यार्फु र कमलदह को बाहेक दर्जनौ दहको नामाकरण हुन सकेको छैन । रुकुम जिल्लामा अन्य जिल्लाको मानिस पुग्यो भने पनि सदरमुकाम र आसपासका गाउको मात्र अध्यन र अनुगमन गरेर फर्कने धेरै मानिसहरु हुन्छन । रुकुमकोट र त्यस भन्दा माथीका दुर्गम बस्तीहरुमा धेरै मानिसहरु पुग्ने गर्दैनन । हामी नेपालीहरु अरुको मात्र राम्रो लाग्ने । पोशाक, घर, गाउ, शहर आफ्नो भन्दा अरुको राम्रो देख्ने बानी परेका हामी नेपाली । शहरी भूगोल, सम्म मैदानी स्थान, मोटर गाडिको सुविधा, ठूला शहर घुम्ने बानी परेका हामी नेपालीहरु । आफ्नै देश भित्रका प्राकृतीक मनोरम पहाडी श्रृखला, हिमाल र दुर्गम ग्रामीण बस्तीहरुको दृश्यावलोकन गर्न भने पछाडी परेका छौ ।
रुकुमकोट रुकुम जिल्लाको पुरानो सदरमुकाम पनि हो । रुकुम जिल्लाको पूर्वीभेगको दुर्गम, बिकट, हिमाली, लेकाली बस्ती जहा खाममगर जातिहरुको बस्ती रहेको पहाडी भूगोल हो । खामबस्ती भाषा, सस्कृतीको अध्यन अनुसन्धान गर्न खामभाषा बोल्ने बस्तीहरुको क्षेत्र पर्यटकहरुका लागी महत्वपूर्ण मानिन्छ । खामबस्ती रुकुम जिल्लाको ऐतिहासिक स्थल पनि मानिन्छ । भाषा, सस्कृती मात्र होइन यस क्षेत्रमा प्राकृतीक सम्पदामा रहेका खानीहरुको अवस्था र अध्यन गर्न रुचि भएका पर्यटकहरुको लागी यो क्षेत्रको भ्रमण उपयोगी हुनेछ । त्यसैले खामबस्तीको क्षेत्र आन्तरिक एवं वाह्य पर्यटन विकासको लागी प्रशस्त सम्भावनाहरु भएको ठाउ मानिन्छ । रुकुम जिल्ला खाम भाषीहरुको सास्कृतीक पहिचान भएका गाउ र बस्तीहरुको रमणीय, ऐतिहासिक र प्राकृतीक छटाले श्रृगारिएको स्थल हो । इतिहास हेर्ने हो भने रुकुमकोटमा मगर राजा,बोक्सेजार भन्ने भोटे राजाले राज्य गरेको स्थान पनि हो । पछि शाही राजाहरुको राज्य भयो । अझै पनि ती राजाहरुको दरबारका भग्नावशेषहरु रुकुम पुग्ने मानिसहरले देख्न सक्दछन । बाउन्न टाकुरी त्रिपन्न पोखरी नामबाट प्रख्यात रुकुमकोट होचा अग्ला थुम्काहरुबाट सजिएको भौगोलिक संरचना, सानोभेरी नदी र रुकुमगार खोलाको संगम स्थल बिशाल धाउने बगर फाट बाटमाथी उठेको सुन्दर पहाडी उपत्यका हो । जुन ठाउमा बाहिरका मानिसहरु पुगेपछि त्यसको दृष्य बाट आनन्द लिन सक्दछन । प्राकृतिक जलासय, अलौकिक कमलका फूलहरुले सजिएको कमल दह भएको रुकुमकोट ऐतिहासिक अध्यनको लागी महत्वपूर्ण स्थल मानिन्छ । बाउन्न टाकुरीका थुम्काहरु बिच–बिचमा लुकेका साना ठुला पोखरी आकारका फाटहरुका बस्तीहरुले दिने मनोरम प्राकृतिक सौन्दर्यता, आकर्षक भूबनोट सन्तुलित हावापानीको वातावरणले रुकुमकोट पुग्ने जो कोहिलाई पनि आकर्षण गराउछ ।
इतिहास अध्ययन गर्ने हो भने अहिलेको रुकुम जिल्ला नेपाल एकिकरण हुनुभन्दा अघि पश्चिम नेपालमा बाईसे र मध्यय नेपालमा चौविसे राजाहरुले तिन सय वर्ष सम्म राज्य चलाएका थिए । इतिहासमा मलय वर्माका छोरा पार्वती रायले रुकुममा राज्य स्थापना गरेको पाइन्छ । त्यतिबेला रुकुम राज्यमा आठहजार घरघुरी भएको इतिहास छ । त्यसपछि बाईसे राजाहरुमा गजनीबम, जलालबम, जसबम, हुदै जयतबम हरुले रुकुममा राज्य गरेका थिए । दरबारको झै झगडा र भाईहरुको विच द्धन्द्ध बढन थालेपछि जयत बमका छोराहरुका पालामा रुकुम राज्य रुकुमकोट, मुसीकोट, बाफिकोट, आठबिसकोट, गोताम कोट र जाहारीकोटमा बिभाजन हुन पुगेका इतिहास छ । नेपालको प्रशासनिक भूगोलको फेरवदलमा वि.स. २०१८ सालमा नेपाललाई चौध अञ्चल र पचहत्तर जिल्ला बनाउने क्रममा रुकुम जिल्लाको नामाकरण भएको हो ।
रुकुम जिल्लाको भुगोल सामुन्द्री सतहबाट ७५४ मिटर देखि ६००० मिटरसम्म रहेको छ । हिमाल, पहाड, बेसी र फाँटको भुगोलमा रहेको रुकुमको सदर मुकाम मुसीकोट १४४८ मिटरको उचाईमा छ । सदरमुकाम मुसिकोट बाट डिग्रेमन्दिरबाट एक घण्टाको उकालो पैदल यात्रा गरेपछि पुगीने जन्तीबस्ने ढुङ जिल्लाकै ऐतिहासिक स्थल मानिन्छ । यो स्थल पर्यटकहरुको लागी प्राकृतीक टावरको रुपमा प्रयोगमा आउछ । मुसिकोट बाट केवुल कारको निर्माण गर्न सके जन्तीबस्ने ढुङ देखि पर्यटकहरु लाई जिल्लाको दर्जनौ स्थल अवलोकन गर्न सकिने छ । पर्यटन विकासको लागी जिल्लाका कार्यरत राजनैतिकदल, समाजसेवी र अन्य निकायहरले यस तर्फ ध्यान दिन जरुरी देखिन्छ । यहा बाट स्यार्फु तालको पुर्णआकार पुरानो सदरमुकाम रुकुमकोट वस्तीको सम्पुर्ण दृश्य, सिस्ने हिमाल, पुथा हिमाल लगाएतका दर्जनौ प्रकृतिक मनोरम दृश्यदेख्न सकिन्छ । त्यसैगरी दक्षिण पट्टी रहेको सल्यान जिल्लाको कुमाक लेक र रोल्पा जिल्लाका अनगिन्ती पहाडका श्रृखला पनि अवलोकन गर्न सकिन्छ ।
अहिले रुकुम जिल्लामा सडक विकासका पूर्वाधार धेरै भएका छन । निर्माण्ााँधिन मध्य पहाडि लोकमार्ग र दाङ चुनबाङग रुकुमकोट मोटर समेत बन्न लागेको छ । त्यसैगरी जिल्लाको मुसिकोट, सोलाबाङग बाट रुकुमकोट सम्म र पूर्बतिरको काक्री र लुकुम हुदै तकसेरा सम्म हिउदको समयमा यातायात का साधन सञ्चालनमा आएका छन । यो बाहेक निर्माणधिन मध्य पहाडी लोकमार्गमा पनि यातायात सञ्चालन हुन लागेको छ । रुकुमकोटमा उद्योग, ब्यापार र अन्य ब्यवसायीहरुको सख्या बढन थोलेको छ । जसले गर्दा पर्यटन ब्यवसायमा स्थानीय बासीन्दाहरुमा रुचि बढन थोलेको छ । रुकुम जिल्लाको बर्तमा अवस्थामा मुसिकोट, स्यार्फु, रुकुमकोट, र चारजहारी बाहेक अन्य ग्रामीण बस्तीहरुमा पर्यटकहरु लाई खान बस्नको लागी होटलको व्यवस्था छैन । पर्यटन विकासको लागी रुकुम जिल्लाले ग्रामीण क्षेत्रमा होम स्ट्रे को विकास गर्न जरुरी छ । ग्रामीण बस्तीमा आन्तरिक अथवा वाह्य पर्यटकहरु पु¥याउन पहिला खाना, बस्न र सुरक्षाको विस्वास दिन सक्नु पर्दछ । निर्माण भएका सडकहरु लाई पक्की बनाउदै जाने र ग्रामीण भेगका खोलाहरमा पुलको व्यवस्था गर्दै जाने हो भने रुकुम जिल्लामा पर्यटकहरको सख्या बढने सम्भावना धेरै देखिन्छ ।
रुकुम जिल्लामा भएका सिस्ने हिमाल देखि रन्मा मैकोटको पुथा हिमाल सम्मका डोल्पासंग जोडिएका हिमाली श्रृखलाहरु त्यहाका रङगिन ताल तलैयाहरु, लोटसल्ला जस्ता बहुमूल्य उपयोगी जडिबुटी बनस्पतिहरु भएको, लालपाटन, बुकिपाटन लेकाली बनहरु ,नावर, कस्तुरी, रेडपण्डा, डाफे, मूनाल जस्ता हिमाली वन्यजन्तु र पंन्छी भएको ढोरपाटन जस्ता प्राकृतकि सम्पदा सम्म पुग्ने सडकको सुधार हुन जरुरी देखिनछ । सडक राम्रो भएन भने पर्यटकहरु जान मन गर्दैनन । पर्यटनको विकासको लागी सडकनै मुख्य सुधार कार्यमा पर्दछ । त्यसैगरी प्रत्यक गाउको सस्र्कतीको पहिचान दिन लाई आफ्नो सस्कृती लाई बचाउन पर्दछ । अहिले रुकुम जिल्लाको सेरोफेरोमा गाईने टप्पा अथवा सिघाँरु गितको भाका लाई रुकुमेलीहरुले संरक्षण गर्नु पर्दछ । सामान्यता यो गितको लय नेपालको अन्य जिल्लामा नगाइने हुदा रुकुम नगएको मानिसका लागी नौलो मानिने छ ।
आन्तरिक रुपले पर्यटकहरु लाई रुकुम जिल्लाले पहिचान गर्नु पर्ने स्थानहरु धेरै छन । ऐतिहासीक महत्व बोकेको स्यालापाखाको वराहा मन्दिर , नाथीगाड, आठबिसकोट, पिपलको कुनाखेत जस्ता स्थानमा पनि रुकुम पुग्ने मानिसहरु लाई थप अध्यनको विषय हुन सक्छ । ओढार, ऐतिहासिक राजाहरुको दरवारका भगनावशेष, झुलावाङको तामाको पैसा काट्ने ऐतिहासिक टक्सार, कोलको विरगुम गाउको तामा खानी, पोखराको तातोपानी , सानोभेरीले पनि पर्यटकहरु लाई नया अनुभुत दिलाउन रुकुम जिल्लाले सक्दछ । यो बाहेक ठूलो भेरी सानो भेरीको मिलन स्थल रिम्ना आठबिसको राढीज्यूला, चौरजहारीको सुन्दर उपत्यका साखको ठूलीदह, सानीदह तकसेराको मनोरम वस्ती, उत्तरगङगा माछेमूल, कोल किनवाङ घनचौरको भेडाको बथान निस्कने ओढार हिमाली वन्यजन्तु र पशुपन्छीको वासस्थान लगायतका कतिपय पहिचान भएका र पहिचान हुन नसकेका भौगोलिक प्राकृतिक संरचनाहरुको धनि रहेको छ रुकुमको प्राकृतीक सम्पदा । हिमाली गाउ अथवा खाममगर जातीहरुको बस्तीमा पुग्ने मानिसहरु रुकुम जिलला पुगेपछि ढोपाटन जान रुचाउछन । ढोरपाटन रुकुम, वाग्लुङ र म्याग्दी जिल्लाको साझा स्थल हो । स्वदेशिहरु कम पुगेपनि विदेशि पर्यटकहरु ढोरपाटनमा धेरैवर्ष अगाडी देखि जाने गर्दछन । ढोरपाटनको महत्व विदेशिले वुझे पनि हाम िनेपालीहरले बुझन सकेको छैनौ ।
समुन्द्र पारका युरोपिएनहरु हाम्रो भुमिमा आएर ढोरपाटन जस्ता दर्जनौ हिमाल र प्रकृतिका आनन्दमा रमाउछन् । यहाको फोटो हाम्रो देशमा लगेर बेच्दछन् । यहाँको प्राकृतिक अध्ययनबाट कितावहरु लेख्दछन् । कयौ संसारमा नपाइने जडिबुटि र बन्यजन्तुका बारेमा अध्ययन गर्दछन् । ढोरापाटन बाग्लुङ, म्याग्दी र रुकुम जिल्ला गरी तिन जिल्लाको भुगोलमा फैलिएको छ । ढोरपाटन शिकार आरक्षणले कुल १ हजार ३ सय २५ बर्ग किलोमिटर भुभागको क्षेत्रफल ओगटेको छ । धौलागिरी हिम श्रृङखलाको सेरोफेरोमा यो आरक्षणले प्रत्येक बर्ष हजारौ पर्यटकलाई आकर्षण गराएको छ । नेपाल भित्र रहेका कुल १५ आरक्षण मध्ये ढोरपाटन आरक्षणको प्राकृतिक बनावट र त्यस भित्र रहेका जैविक विविधता, ३२ जातिका स्तन धारी बन्यजन्तु, १ सय ३० जातिका चराचुरुङगिहरु, १ सय ८५ जातका दुर्लभ बनस्पति तथा नावर, झारल, हिमचितुवा, घोरल, बदेल, भालु, हिमलङगुर बादर, हिमालि कालो भालु, भुक्ने मृग आदि जनावरको दृश्यावलोकन गर्न सकिन्छ । ढोरपाटन पुथा, चुरेन र गुर्जा हिमालको प्राकृतीक सुन्दरताको काखमा रहेको ढोरपाटन सामुन्द्रिक सतहबाट २ हजार ८ सय ५० मिटर देखी पाच हजार पाचसमय मिटर सम्मको उचाइमा फैलिएको छ ।
लालीगुरासको फुलले सजावट हुने चैत्र, बैशाख महिनामा गोवे्रसल्ला, भोजपत्र, ठिङगे्र सल्ला, सिदुर , धुपी सल्ला र देवदारका बनस्पतिले ढोरापाटन सजावट भएको छ । प्राकृतिक आनन्द लिन हिमाली भागको दृश्यावलोकन र बन्यजन्तु शिकारको रोमाञ्च अनुभुती लिन चाहनेका लागी ढोरपाटन एकमात्र आरक्ष मानीन्छ । त्यहा पुग्ने विदेशि अथवा स्वदेशि कुनै पनि पर्यटकहरुलाई त्यहाको प्राकृतिक र सांस्कृतिक सजावटले जो कोहिलाई पनि मनमुग्ध बनाउछ । ढोरपाटनमा अहिलेसम्मको तथ्याङक अनुसार विदेशि पर्यटकहरुमा अमेरीकि, फ्रान्सेलि, स्पेनि, बेलायति र रुसी नागरिकहरु शिकार खेल्न जाने गर्दछन् । काठमान्डौबाट टुइनेटर अथवा हेलिकप्टरको हवाई उडान अथवा काठमान्डौ–वाग्लुङ मोटर मार्ग हुँदै बाग्लुङ जिल्लाको बुर्तीबाङबाट अधिकारी चोक र वोवाङको बाटो हुदै एक दिनको पैदल यात्रामा ढोरपाटन पुग्न सकिन्छ । ढोरपाटनमा बन्यजन्तुको शिकार खेल्न नेपाल सरकारले सशुल्क अनुमति दिने गरेको छ । विदेशी पर्यटकहरु लाई दुर्लभ मानीने निलो नाउर शिकार खेल्न ८० हजार र नेपाली नागरिकका लागि जनावर हेरी कम्तिमा ५ हजार रुपैया राजश्व तिर्नुपर्दछ ।
ढोरपाटनको दक्षिण पट्टी रहेको रुद्र तालको पानि म्याग्दीको बेनिमा आएर काली गण्डकीमा मिल्दछ । ढोरपाटन क्षेत्रमा झनु ताल पनि छ । त्यस तालको पानिबाट उत्तर गंगा अर्थात सानो भेरी नामबाट रुकुम जिल्ला प्रबेश गरी टकसेरा, कोल, नाथिगार, माछीमी, सिम्ले हुदै भेरी नदिमा मिल्दछ । वरीपरी हिमाली दृष्य हिमालको काखमा राता डाँडा त्यसमुनि हरीयो जङगल, जङगल मुनी मैदानी भाग अनि बस्ती र कञ्चन पानिका स्वच्छ नदीको प्राकृतिक उत्तम उपहार हो ढोरपाटन । ढोरपाटनको अर्थ फराकिलो ठाँउ हो । ढोरपाटनके अर्को नाम हो बादलपारीको गाँउ । ढोरपाटनको उत्तर तर्फको गर्पा डाडाबाट कास्क,ी म्याग्दी, बाग्लुङ, गल्मी, पाल्पा, रुकुम आदी जिल्लाका धेरै भूभाग देख्न सकिन्छ । त्यसैगरी उत्तर तर्फका हिमाल, चुरेन पुठा, हिम चुली, गुर्जा हिमाल, सिस्ने हिमाल, धौलागिरी हिमाल, माछापुच्छे्र, निल गिरी, अन्नपुर्ण हिमाल एकै ठाँउबाट देख्न सकिन्छ । ढोरपाटन क्षेत्रमा हिमाल मात्र होइन् । पार्मी ताल, मान्द्रे ताल, जाल्पा ताल, पुठातालले पनि पर्यटकहरुलाई मनमोहक बनाउछ । ढोरपाटन पुग्ने पर्यटकहरुले धेरै प्राकृतिक विविधताको अध्ययन गर्न पाउछन् ।
पहाडी जिल्लाको विकासको लागी अहिले सबै जिल्लामा पर्यटनको विकास हुनु पर्दछ भनने आवाज उठन लागेको छ । यो राम्रो पक्ष हो । तर यस लाई मुर्तरुप दिन जिल्लामा गर्नुपर्ने धेरै विकासका पुर्वाधार पुरा गर्नु पर्ने हुन्छ । त्यस तर्फ कसैले पनि ख्याल नगरेको देखिन्छ । स्थानीय उत्पादन बढाउनु पर्दछ । जिल्लामा पुग्ने पर्यटकहरले त्यहाको कुनै नया बस्तु लिएर जान सक्ने अवस्था जिल्लाले वनाउनु पर्दछ । परम्परागत ग्रामीण भेगमा उत्पादन भउका राडी पाखी र जाजिमका घरेलु उद्योग संरक्षण हुनु पर्दछ । रुकुम जिल्लामा पर्यटनको विकास गर्नको लागी प्रचार प्रशारको कमी भएको छ । जिविस र गाविसले आफ्नो क्षेत्र भित्र पर्ने सवै ऐतिहासिक, धार्मीक र प्राकृतीक स्थलको बारेमा खोज, अनुसन्धान गरेर त्यसको महत्वको वारेमा प्रचारमा ल्याउन सक्नु पर्दछ । रुकुम जिल्ला प्रवेश गर्ने छिन्चु–चौरजहारी, सल्यान–मुसिकोट मोटर मार्ग र भालुवाङ् रोल्पा लिवाङ् हुदै थवाङ्को बाटो भएर जान रुचाउने हरुको लागी बास बस्ने होटल र सुरक्षाको प्रवन्ध गर्नु पर्दछ । जिल्लामा भएका चौरजहारी र सल्लेका हवाई उडान नियमित गराएर तुलसिपुर– रुकुम, भैरवा–रुकुम र पोखरा–रुकुममा समेत उडान भर्न लगाउन पर्दछ । पैदल यात्रामा उपल्लो रुकुम तकसेरा, रन्मा मैकोट पुग्ने जो कोहि पर्यटकहर लाई पनि डोल्पा पुग्ने सडकको सुधार हुन जरुरी छ । सामान्यता यि कुराहरुको सुधार भयो भने रुकुमको पर्यटन विकासमा धेरै सुधार आउने आशा गर्न सकिनछ ।
मितिः – २०७० श्रावर्ण ५ गते दाङ्