बन्दिपुरको आनन्द, गएपछि थाहा पाउनु हुन्छ ।

के वि मसाल

बन्दिपुर हिमाली काखमा अवस्थित रमणिय स्थल हो । यो गण्डकी अंचलको तनहू जिल्लाको मध्यभागमा पर्दछ । कुनै वेला राणाहरुले यस स्थानलाई  प ३ न.ं इलाका राखी प्रशासनिक थलो को रुपमा राखेका थिए ।  भने पछि नेपालको प्रशासनिक स्थानको विभाजन पछि २०२८ साल सम्म तनहू जिल्लाको सदर मुकाम समेत रहेको वन्दिपुर आजभोली आन्तरिक एंव वाह्य पर्यटकिय स्थलको रुपमा विकास भएको छ ।

काठमान्डौँ – पोखरा मोटर मार्ग को डूम्रे बाट पैदल २ घण्टा र मोटर मार्ग बाट आधाघण्टा को याात्रा पछि पुगिने बन्दिपुर बजारले हजारौ पर्यटकहरुलाई एकै स्थान बाट गोरखा, लमजुङ, तनंहू, का अधिकाशं भू भाग र हिमाली दृश्ष्यावलोकन ले मन मुग्ध बनाउनछ । बन्दिपुर प्रकृतिक सौन्दर्यको लागि जति प्रसिद्ध छ । त्यतिनै त्यहाका बासिन्दा अतिथि सत्कार का लागी प्रख्यात छन । नेवारी सम्प्रदायको वस्ती पहाडि श्रृखलाको बन्दिपुर बजार सानो भू भाग भए पनि अति सुन्दर ऐतिहासिक बजार पर्यटकिय दृष्ट्रीकोणले अति रमणीय मानिन्छ । बन्दिपुर बजारले आगन्तुकहरु लाई आफ्नो संस्कृती सुन्दरता र अनुपम दृश्ष्यले सहजै आकर्षित गर्दछ ।  बन्दिपुर पुगेपछि बल्ल थाहाहुन्छ त्यो ठाउको महत्व । यो ऐतिहासिक बजार आफैमा एक प्राकृतिक दृश्ष्यावलोकन गर्ने  टाकुरोको रुपमा चर्चिती स्थान हो । यहाबाट अन्नपुर्ण हिमाल, धौलागिरी,, मनास्लु र लाङटाङ, हिमालका सुन्दर दृश्ष्य देख्न सकिन्छ मनोहर हिमाली श्रmृखला र मरस्याङदी उपत्यकाको विहङगम दृश्ष्यापान गराउनुको साथै नेवारी संस्कृति लाई पहिचान गर्ने अवसर पनि बन्दिपुरले दिन्छ ।

पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि ब्यापारको नया संभावना खोज्ने क्रममा वाहिरियाका नेवारहरुले वन्दिपुर लाई उत्तरी पहाड र दक्षिणी मदेश जोडने ब्यापारी नाकाको रुपमा विकास गरेका थिए ।
आफ्नो सिप ब्यापार र उद्यमशिलता को ब्यापारको शिलशिलामा भक्तपुर बाट बन्दिपुरमा बसाई सरेका नेवार सम्प्रदायले उपत्यकाको परिस्कृतसंस्कृतिको नमुना झल्काउने वन्दिपुर ले प्रचिन सम्प्रदा र प्राकृतिक छटाले गर्दा एउटा आदर्स र उपयुक्त आश्रयको रुपमा वन्दिपुर विकसित हुन पुगेको छ । भक्तपुर बाट नेवार सम्प्रदाय हरुले ब्यापरीक केन्द्र मात्र नभएर आफ्नो कला, सस्कृति, ब्यापारीशिप, नेवारी प्राकृतिक सम्पदा, भवन शैली, कालीगढ पनि साथै ल्यायर वन्दिपुर लाई आकर्षक स्थल बनाउन सफल रहेको कुरा वन्दिपुरे हरु बताउछन ।

इतिहास हेर्ने हो भने  वन्दिपुर राणा शासनको वेला वि स १८४६ देखि १९५१ सम्म ब्यापारीक उन्नती र अन्य विकास समेत उच्चतम अवस्थामा रहेको बन्दिपुरको इतिहास छ । पृथ्वी राजमार्ग बनेपछि सदर मुकाम दमौलीमा सर्नु र ब्यापारीक केन्द्रपनि दमौली, डुम्रे, विमल नगर, खैरेनी, भन्सार, आदि स्थानमा विकास हुदै जाँदा वन्दिपुरका आदिवासि नेवार जातिहरु विस्तारै ब्यापारको खोजिमा विस्थापीत हुन पुगे । तर आज भोली वन्दिपुरको रनकै अर्कै छ । विस्थापीत वन्दिपुरे क्रमस पुन वन्दिपुरमा फकर्ने क्रम बढ्न थालेको छ ।

वन्दिपुर महाभारत श्रृखंलाको १०३० मिटरको उचाईमा पर्दछ । काठ्मान्डौ बाट १४३ कि मी र पोखरा बाट ७३ कि मी दुरीमा रहेको एतिहासिक वन्दिपुर जादा बाटोमा पर्ने मस्र्याङदी, चुँदी, माडि, नदि र खोलाको दृश्ष्यालोकन गर्न समेत सकिन्छ । काठ्माण्डौ बाट वन्दिपुर जाँदा मस्र्याङदी पावर हाउस, र विमल नगरको सिद्ध गुफा समेत हेर्न सकिन्छ । वेसि र टार भू भागको वाहुल्य रहेको तनहू जिल्लको विच भागमा रहेको वन्दिपुर सलक्क उठेको पहाडि भुभाग को दम्सीलो थाप्लोको पहाडमा छ । पहाडको चुचुरोमा सम्म भुभागको टुडिखेल बाट तनहू जिल्लको ८० प्रतिशत भु भाग देख्न सकिन्छ ।

ऐतिहासिक वन्दिपुर पुग्दा जो कोहिलाई पनि भक्तपुरको कुनै भाग पुगेझै लाग्छ । सडकको दायाँ बायाँ टम्म जोडिएका घर हरु दक्षिणी मोहडाका घरमा तल तिर ढलान त्यसमाथि घाम ताप्ने वारदली र फुलका गमला लहरै देख्न सकिन्छ । पहाडि बजार ढुङगाले छायका घर सडकमा पनि ढुङगा विच्छाईएको सुन्दर दृश्ष्यले वन्दिपुर पुग्ने मानिस हरुलाई वन्दिपुर ले स्वागत गरको हुन्छ । वन्दिपुर नामका बारेमा अनेकौ किम्वदन्दी भेटीन्छन । तर विश्वास लाग्ने केही कुरा यस्ता छन । गण्डकी अञ्चलका अधिकास ठाउका नाम डी बाट उच्चारण हुन्छन् । जस्तै, राम्डी,माडी, मस्र्याङदी, चुदीँ, दरौदीँ आदि …। मगर भाषामा डि लाई पानी भनिन्छ । वन्दिपुर वर पर मगर जातिको वस्ती भएको र परापूर्व कालमा वनको पानी खानपर्ने भएको ले ठाउको नाउ बनडी  वनको पानी बाट वन्दिपुर भएको भन्ने भनाई छ । भने  विगत प्रशासनिक केन्द्रमा रहेको र त्यहाँ अपराधि हरुलाई थुन्ने शहर भएको ले वन्दिपुर भनिएको हो । भन्ने कुरापनि वन्दीपुरे हरुले बताउछन । तर वन्दिपुरको बारेमा अनुसन्धान गर्ने इटालीका लिण्डा इटालिएनले वन्दिपुरको एतिहासिक खड्क देविको पुजारी एंवम रखवारी गर्नेको नाम वन्दि भएको र उनकै नाम बाट वन्दिपुर हुन गएको कुरा उल्लेख गरेका छन ।

वन्दिपुर पहाडकी रानी को उपनाम ले प्रख्यात तनहू को वन्दिपुर आन्तरीक एंव वाह्य पर्यटकहरुको लागि प्रमुख आकर्षक केन्द्र वन्दै गएको छ । वन्दिपुर घुम्नको लागी असोज बाट मंसीर महिना सम्मको महिना ठिक मानिन्छ । यो मौसममा वन्दिपुरको टुडिखेलबाट मस्र्याङदी नदि तरेली परेका पहाडी डाडाँ चारैतिर पहेलपुर सुन्तलाको बगैचाको वातावरण ले मनोरम बनाउछ । वन्दिपुरमा १८ औ सताब्दी मा स्थापीत खडक देविको मन्दीर विन्दवासिनी, थानिदेवि, नारायण, पारपानी महादेव, तिनधारा महादेव, मुकुन्देश्वरी, मुख्य धार्मीक स्थल हुन । त्यसैगरी नेवारी सस्कृतिमा गाइजात्रा, विस्केत जात्रा, वाघजात्रा, लाखे र पाउदुरी जात्राले पनि त्यहा पुग्ने पर्यटकहरुलाई लोभ्याउछ ।

वन्दिपुर आजभोली प्यारालाईडिङका लागी पनि आकर्षक केन्द्र बनेको छ । ११५० मिटर उचाइमा रहेको  भन्ज्याङ चौतारा, सुन्दर डाडाकाडाँ ग्लाईडर हरुले आनन्द लिने गर्दछन । पोखरा बाट सेती नदीको ¥यापटीङ गर्दैै दमौली सम्म आउने र तिनै पर्यटकहरु वन्दिपुरमा आउने गरको  वन्दिपुरे हरु वताउछन । सयौँ होटल , सस्तोमा खाना, र प्राकृतिक दृश्यालोकन गर्न वन्दिपुरमा आजभोली मानिसको भिड लाग्छ । वन्दिपुर पुगेपछि गण्डकी अञ्चलको लमजुङ जिल्लामा पर्ने भुजुङ घलेगाउँ, पसगाउ, मा रहेको सुन्दर गुरुङ जातिको वस्ती घुमेर पैदल यात्रामा कास्की जिल्लाको रवैया डाडाँ गोर्जे, थुम्सीकोट, कालिका हुदै वेगनास ताल को दृश्यालोकन गर्दै पोखरा निस्कन सकियो भने झनै राम्रो हुन्छ । यसको लागी दश दिनको यात्रा समय निकाल्न पर्दछ । एक पटक वन्दिपुर पुग्नुहोस साच्चीकै प्राकृतिक आनन्द लिनुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *