खोला सकियो अब पहाडको पालो
के.वि.मसाल
राज्यको नितिकै कारण खोलाको ढुङ, वालुवा सकिएको छ । कुलाका बाध पुरीएका छन । कुनै ठाउका कुलोका बाध भत्किएका छन । खोलाका जरुवा मुल पानी सुकेका छन । पानीमा रहने जलचरहरु मर्ने गरेका छन । गाउमा कृषकहरुले गाईबस्तुहरु लाई पानी खुवाउने पानीघाट पुरिएको छ । मानिसको मृत्युमा लास पोल्ने मसानघाट मा पानी छैन । लास पोलेका खरानी बालुवाले पुर्न परेको छ । यस्ता अनगिन्ती वातावरण संग प्रत्यक्ष सरोकारका विषयमा स्थानीय निकाय मौन छ । राजनैतिक दलका केहि भू–माफियाहरु खोला,बगर र नजिकका पहाडका ढुङ बेच्दै मालामाल हुन थालेका छन ।
राज्यको नितिनै फितलो भएपछि जिल्ला विकास को समेत खोला, बगर र बन जंलग जोगाउने स्पक्ष्ठ खालको कुनै निति छैन । वन जंगल जोगाएर वातावरण जोगाउन पर्दछ भन्ने कुरा पनि कागजमा मात्र सिमित छ । जुन कारणले गर्दा आजभोली बालुवा, ढुङको कारोबार गर्ने समूह, वा व्यक्तिहरु बजार क्षेत्रका नजिक रहेका गाविसहरुको कुना कानी वसेर ब्यक्तिको जमिन खरिद गर्ने र त्यसैमा स्काई भेटर प्रयोग गरी ढुङको व्यापारमा लागेका छन । यसरी दैनिक शहर वजारका निर्माण स्थलमा सयौको सख्यामा टे«क्टर, ट्रक र ट्रिपरहरु आउन थालेका छन । यस लाई रोक्ने कस्ले ? यसको उत्तर खोजीरहेछन आम जनताले ।
नेपालको नक्सा र अहिलोको तथ्याकमा पनि ५६ लाख जमिन क्षेत्र वनको जमिनले ढाकेको छ । जसमध्य ४२ लाख हेक्टर जमिन राट्रिय वनमा छ । पछिल्लो समयमा सरकारले सामुदायिक वनको नाममा हस्तारन्तर गरेको वनको जमिन लिने हो भने १४ लाख हेक्टर रहेको छ । नक्सालाई नै आधार मान्ने हो भने नेपालमा कुल भू–भागको ३९.६ प्रतिशत जमिन वनले लिएको छ । यो सामुदायिक वन लाई संरक्षण गर्ने जिम्मा १७ हजार ८०८ सामुदायिक वनले लिएका छन । कतिपय सामुदायिक वन सरकारले हस्तान्तरणको प्रक्रियामा रहेका छन । तर वनको समस्या उहि पुरानै छ । वन संरक्षण होला भन्दा झनै विनासहुदै गएको अवस्था छ । खोलामा ढुङ सकिनाले र जिल्ला विकास समितीले कतिपय खोलामा ढुङ, बालुको ठेक्का लगाउन छाडेपछि अब ढुङ ब्यापारी वन र सामुदायिक वनका छेउछाउका व्यक्तिका नाममा भएका केहि जमिन खरिद गर्ने र खानी देखाउन परे, खरिद गरेको जमिन लाई देखाउने नत्र वन र सामुदायिक वनको ढुङ समेत विक्रि हुन थालेको छ ।
मानिस बाच्नको लागी अक्सिजन र पानी चाहिन्छ । पानी र अक्सिजनको स्रोत भनेको प्रकृती भित्र रहेका वन सम्पदा हो । यो स्रोत लाईनै खलवल्याई दिने हो भने वातावरणको अवस्था केहोला ? अनि पहाड वरपर भएका पानीको स्रोत के होला ? यो कुरा ढुङ निकाल्नको लागि जमिन बिक्रि गर्ने मानिस र ढुङ बिक्रिगर्ने व्यापारी दुबैले बुझन जरुरी छ । अहिले विश्वमानै जलवायु परिवर्तनको चर्चा चलेको छ । सवैले बुझने भाषामा भन्नुपर्दा जलवायु परिवर्तन हुनु भनेको प्राकृतीक अवस्थामा भएको जमिनको स्वरुप बिग्रनु, रुखविरुवा नासहुदै जानु, अथवा जगंलका रुख फडानी हुनु हो । हाम्रो वरिपरी भएका जंगलको रुख, खोलाका ढुङ, बालुवा जानीजानी वा दैविक प्रकोपबाट नासिदै गएका छन । मानिस लाई आवस्यक पर्ने अक्सिजन बोट बिरुवा बाट पाइन्छ भन्ने कुरा सबैलाई थाहा छ । तर रुख बिरुवा नभएपछि अक्सिजनको साटो मानिसहर लाई हानिकारक बन्ने ग्यास उत्पन्न भै मानिस अथवा अन्य जीवहरको मृत्यु हुन्छ भन्नेकुरा धेरै लाई थाहा नहुन सक्छ । ग्रामिण भेगमा यस्ता चेतना मुलक कुराहरु पु¥याउन जरुरी छ ।
अहिले शहरी क्षेत्रको भौतिक बिकास र औद्योगिक कलकारखानाले गर्दा ढुङ र बालुवाको माग निकै बढेको छ । वन जंगल नासिदै जाने र प्रत्यक बषर््ा भू–क्षयको कारणले गर्दा नदी र खोलामा बालुवाको परिणाम कम निस्न थालेपछि ढुङ् र बालुवा खोज्न ब्यापारी पहाडी गाँउ घरतिर पस्न थालेका हुन । ढुङ धेरै आवस्यक पर्ने सिमेन्ट उद्योगले त झन प्रकृतकिो बिनासनै गराएको छ । पछिल्लो समयमा दाङ् जिलला यसको मारमा परेको छ । एउटै जिललामा तिन बटा ठूला सिमेन्ट उद्योग स्थापना गर्न दिनुले पनि यो समस्या ठुलो भएको हो । सिमेन्ट उद्योग लाई आवस्यक पर्ने चुन ढुङ उत्खलन गर्दा महाभारत पर्वतमा रहेका दर्जनौ गाँउ र बस्तीमा ठूलो प्रदुषण भएको छ । खानेपानीका मुल सुकेका छन । चरिचरण क्षेत्र बन्द भएका छन । ढुङका खानीको धुलोले गाँउघर धुलाम्य भएको छ । बारीमा लगाइएका तरकारी खेती बारीमानै सुकेका छन । पिडित गाउलेका आवाज सुन्ने मानिसको कमि भएको छ ।
गाँउको सिमेन्ट कारखानाको प्रदुषणले गाँउका बस्तिहरुमा हानीनोक्सानी हुन थालेपछि, विरोधका कार्यक्रम आउन थालेका छन । तर बिडम्बनानै मान्नु पर्दछ बिचरा गाउलेहरले जस्लाई अगुवा अथवा नेता बनाएर अगाडी सार्दछ, उसैलाई उद्योगले किन्ने गरेका धेरै गुनासा आउन थालेको छ । यस्तो किन हुन्छ ? यहा सबै राजनैतिक दलहरु किन मौन छन ? कि दलका नेताहरु लाई पनि उद्योगपतीहरुले किनने गरेका छन ? प्रश्नहरु उब्जीन थालेका छन । जिल्लामा वातावरणको क्षेत्रमा काम गर्ने सघं÷सस्थाहरु पनि नभएका होइनन । प्रत्यक गाविसमा पनि सालिन्दा वातावरणको क्षेत्रमा भनेर बजेटको तर्जुमा भएको पाइन्छ । जिल्ला विकास समितिले झनै वन,वातावरणको नाममा लाखौको बजेट छुट्टाउछ । खै त ति निकाएहरुले वातावरणको क्षेत्रमा काम गरेका ? खै त गाविसहरले आफ्नो गाउको पहाड बाट ढुङ निकासीमा बन्द गरेका ?यसको उत्तर कहा बाट पाउने ? अनि हुदैन जगंल बिनास ! अनि सकिदैन खाला र गाँउघरका पहाडका ढुङ ।
प्रकृतीको बिनासको क्रम नेपालमा राणाहरकै पालादेखि भएको हो । इतिहास पल्टाउने हो भने थाहा हुन्छ । इष्टइण्डिया कम्पन िसंग मिलेर राणाहरुले के–के गरे । भारतको मात्र होइन रेलको लिग बनाउन नेपालको तराइका जंगलको रुख फडानी भएका छन । भारतमा सडक निर्माण गर्नको लागी नेपालको ढुङ बालुवा लगिएका छन । २००७ साल पछिका सरकारले पनि तिनै कुराको सिको गर्दै आएका छन । चाहे राजा महेन्द्रले तराईमा मैदानी भागमा बसोबासको ब्यबस्था मिलाउदा होस अथवा सूर्य बहादुर थापाले ०३६ सालमा सुधारिएको पन्चायती ब्यवस्था लाई जिताउन किन नहोस वनका रुख र खोलाका ढुङ्, बालुवा सकिएका छन । यस्ता प्रकृती संग खेलबाड गर्ने तत्वहरु संग अबपनि हामी सचेत हुन सकेनौ भने भोलीका पुस्ताहरुले यहा पानी खान पाउने अवस्था हुने छैन । ति आउने पस्ताले हामीहरु लाई धिक्कारने छन । समयमानै सोचौ आफ्नो गाँउ घर, नदी खोलाका ढुङ् बालुवा जोगाऔ ।
मितिः – २०७० आषाढ २१ ग्ते दाङ्