ऐतिहासिक मौलाकाली र मुकुन्दसेन

– के.वि.मसाल

हामी नेपालीहरु तिर्थ गर्न विदेश पुग्दछौ । इतिहास खोज्न प¥यो भने विदेशीले लेखेको किताब खोज्दछौ । आफ्नो देशको हिमश्रृखलाबाट निस्किएको हिमनदीमा नुहाउन छिमेकी मित्र राष्ट्र भारतको विभिन्न स्थानमा पुग्दछौ । नजिकको तिर्थ हेला भने झैं आफ्नै भूमिमा भयका ऐतिहासिक, धार्मीक सम्पदाको बारेमा अध्यन, अनुसंन्धान र भ्रमण गर्ने अधिकांश नेपालीहरुको बानी छैन । नेपालको हिमनदी मध्ये कालीगण्डकी प्रसिद्ध धार्मीक नदी मानीन्छ । मुस्ताङ् जिल्लाको हिम श्रृखलामा रहेको दामोदरकुण्ड बाट उदगम भयको कालीगण्डकी हिन्दुहरु को आस्थाको केन्द्र विन्दु मुक्तिनाथ को कागवेनी,रुद्रवेणी,रुरुक्षेत्र,राम्दी,केलादी हुदै देवघाट मा आयर त्रिशुली नदीमा विलय भै नारायणी नदी बन्दछ । संसार कै गहिरो गल्छी वनायर वग्ने कालीगण्डकी को शालीकग्रामको ठूलो महत्व मानीन्छ । कालीगण्डकीको किनारमा ऋषिहरु को आश्रम र तिर्थस्थल को बारेमा पुराणमा उल्लेख छ । देवघाटधाम प्राचिन समय देखि सप्तगण्डकी को संगमस्थल,पवित्र धार्मीक,र ऐतिहासिक स्थल हो ।


कालीगण्डकी किनारमा रहेको देवघाटधाम र काली पश्चिम  महाभारत पर्वतको विचमा रहेको मौलाकाली धार्मीक पर्यटकिय स्थलको इतिहास मुकुन्दसेन संग जोडियको छ । देवघाटधाममा मध्यकालिन भग्नावशेषका रुपमा मुकुन्दसेन ले बनायको पन्चदेवल अहिले पनि छ । साथै मणि मुकुन्दसेन को श्री विग्रह शिला पनि रहेको छ । जसलाई चक्रशीलाको नामले चिनिन्छ । मुकुन्दसेन ले देवघाटधाम मा  १२ वर्ष तपस्या गरेको पनि इतिहास छ । तनहू,चितवन र नवलपरासी जिल्लाको संगम स्थल देवघाट अहिले तपस्वी,साधु,सन्यासी,सन्त महात्मा र कल्पवासीहरु को वासस्थान वनेको छ । देवघाट धार्मीक स्थल ले चितवन र तनहू जिल्लाको भूभाग धेरै लिएको छ । आजभोली धार्मीक गतिविधी देवघाटमा मात्र सिमित नभए र नवलपरासी ािल्लाको मौलाकाली मा समेत बढन थालेको छ । मध्यकालिन शासकहरु को इतिहास हेर्दा जो कोहि ले पनि आफ्नो राज्य विस्तार गर्न चाहादा रहेछन भन्ने कुरा पाईन्छ । नेपाल एकिकरण हुनुभन्दा पहिले वाईसे,चौविसे राज्य सन्चालन गर्ने  राजाहरु को इतिहास ले पनि यो कुरा लाई देखायको छ । आफ्नो राज्य विस्तारको लागि मित लगाउने,छोराछोरीको विवाह गरेर नाता सन्वन्ध कायम गर्ने र अनुकुल मिले पछित्यो राज्य नै लिने । यो निती भूरे–टाकुरे शासकहरु को इतिहास छ । मकवानपुर का राजा मुकुन्दसेन राज्य विस्तार गर्ने क्रममा महाभारत पर्वतको वाटो हुदै देवघाट,मौलाकाली हुदै पाल्पा सम्म पुगेका थिय । मौलाकाली नवलपरासी जिल्ला को गैडाकोट संग मिलेको महाभारत श्रृखलाको जवडाडा मा पर्दछ ।

मुकुन्दसेन धार्मीक स्वभावका थिय । मौलाकालीको स्थापना पनि मुकुन्दसेन ले गरेका हुन । मौलो कोतमा वली दिनको लागीराखियको खम्वा अथवा किलो लाई मौलो भनिन्छ । पाल्पा सम्मको राज्य विस्तारको क्रममा मुकुन्दसेन ले त्यस स्थानमा मौलो गाडी काली देवी लाई वली चढायको हुन सक्ने विस्वास गरिन्छ । नारायणघाटको पुल भन्दा २ किलोमिटर पश्चिम राजमार्ग पार गरेपछि मौलाकाली पुग्ने मार्ग सुरुहुन्छ । समतल गैडाकोटको वस्ति किनारको महाभारत श्रृखलाको फेदी बाट सुरुहुन्छ जवडाडा मौलाकाली को यात्रा । मौलाकालीको मुलद्धार देखि करिव २ किलोमिटर को १ हजार ८ सय ८२ वटा निर्माण गरियको सिडीको यात्रा पछि पुगिन्छ मौलाकाली एतिहासिक मौलाकाली धार्मीक स्थल लाई चारधाम को रुपमा विकास गर्न पर्दछ भन्ने मान्यता अनुसार गैडाकोट,नारायणघाट र आसपासका सामजीक,धार्मीक,राजनैतिकदल सवै एकजुट भयका छन । प्रत्यक वर्ष सडक,आवास र मठ मन्दिर निर्माणको कार्यमा मन्दिर व्यवस्थापन समिती लागीपरे को छ । मौलाकाली धार्मीक क्षेत्र लाई वातावरण अनुकुल को प्रभाव बाट वचाउन पर्दछ भन्ने मान्यता अनुसार वातावरणविद पनि मौलाकाली को वारेमा चासो देखाउन थालेका छन । वनको हयिाली भएन भने धार्मीक र पर्यटकिय स्थलको महत्व घटन सक्दछ भन्ने मान्यता राख्दै मौलाकाली लाई वातावरणिय स्वरुपमा राख्न पर्दछ भनेर सामुदायिक वन ले भयका वोट,विरुवा  लाई संरक्षण गर्दै आयको छ । अनुकुल वातावरण को कारण ले पनि मौलाकालीधाम जादा पैदल यात्राको क्रममा सिडीका खुडकिला पार गरेको पत्तै हुदैन । हरियाली वातावरण,चराचुरुङ्ी को आवाज गैडाकोट र नारायणघाटको घना शहरि बस्ती,नारायणीनदी दाया,वायाका मैदानी भागको दृष्यले मौलाकाली जादा आनन्दको अनुभूती मिल्दछ ।

मौलाकालीजादा सिद्धविनायक,श्रीकृष्ण,रदेउराली देवीको समेत दर्शन गर्न सकिन्छ ।मन्दिर परिसरमा महाकाली,महालक्ष्मी,महासरस्वती,शिव र गणेशका मूर्ती स्थापना गरियको छ । वि.स.१९९० साल सम्म मौलाकालीमा पुजागर्ने ठूलो सालको रुख थियो । त्यो रुख अहिले नभय पनि ऐतिहासिक ढुङको पर्खाल,पुराना खुडा,तरवार जस्ता पुराना हतियार,जिर्ण अवस्थाको मौलोकालीको शिला लाई संरक्षण गरियको छ । वि.स.२०३८ साल देखि सस्थागत पुजा–आजा नियमित सुरु हुन थालेकको मौलाकालीधाम मा २०५३ सालमा प्यागोडा शैलीमा ठूलो मन्दिर निर्माण भयपछि धार्मीक पर्यटकहरु को सख्यामा प्रगती हुन थालेको छ ।परापूर्व काल देखिनै महाभारत पर्वतमा जुनठाउमा अहिले मौलाकाली ,त्यसको वर,पर मगर,बोटे,दराई,चेपाङ्,कुमाल र गुरुङ् जातीहरु को वसोवास थियो । सेनवंशको विलय पछि पनि मौलाकाली मा जनजातीहरु ले विशेष पर्वमा पुजा–आजा चलाउदै आयका थिय । २०१४ सालमा चितवनको जंगल फडानी गरियो । पहाडी जिल्लाका मानीसहरु लाई तराई मा बसोवास गराउने राज्यको अभियानमा गैडाकोटको जंगल पनि फडानी भयो । जंगल खेत वारीमा आवादी भयो । जनसख्या क्रमिक रुपले वृद्धिहुदै गयो । त्यसपछि ऐैतिहासिक मौलाकाली को खोजी हुन थालेको हो । अहिले मौलाकाली  लाई धार्मीक पर्यटकिय विकास गर्नको लागि धार्मीक सेवा समिती गठन भयको छ । समिती बाट नै मौलाकाली को विकास गर्ने योजना वनेको छ । धार्मीक आस्थाका धर्मवीरहरु को सख्यामा प्रगती भएको छ । विशेष गरी नारायणघाट र गैडाकोट का व्यापारीहरु ले मौलाकाली लाई धार्मीक पर्यटकिय स्थलको रुपमा विकास गर्न पर्दछ  भन्ने अभियान मा जुटेका छन ।

गैडाकोटको महाभारत श्रृखला धार्मीक दृष्ट्किोण ले मात्र होइन,ऐतिहासिक खोज को लागि पनि महत्वपूर्ण मानीन्छ  ।  देवघाट देखि त्रिवेणीधाम भारतीय सिमाना मा पर्ने भैसालोटन सम्मको नारायणी नदी को करिडोर का विभिन्न नाम ले प्रख्यात धार्मीक,ऐतिहासिक घाटहरु अध्यात्मीक चिन्तनहरु का लागि अध्यन अनुसंन्धान को लागी रुथल वन्न सक्दछ । मौलाकालीधाम भन्दा पश्चिम भेग नपलपरासी जिल्लाको महाभारत पर्वत मा पर्ने सामुन्द्रिक सतह देखि १९३६ मिटर अग्लो देवचुली १७७५ मिटरको बढचुली ले पनि आजभोली पर्यटकहरु वृद्धि भयको छ ।त्यसै गरी नारायणीनदी को करिडोर दृक्ष्यावलोकन गर्ने,डुङ वाट गण्डक बाध भैसालोटन सम्मको यात्रा गर्ने पर्यटकहरु पनि वढन थालेको छ ।मुकुन्दसेन संग जोडियको अर्को धार्मीक स्थल हो दाउन्नेदेवी । मुकुन्दसेनको दुई वटा रानी थिय । पाल्पामा राज्य गर्दा कान्छीरानी सारै विरामी भइन । धेरै किसिमको उपचार गर्दापनि रानी लाई सन्चो भयन ।एकदिन मुकुन्दसेन लाई राती निन्द्राको बखत सपना भयछ । तिमिले देवीको मूर्ती स्थापना गरी पुजा गर,रानी लाई सन्चो हुन्छ । सपनामा देखे जस्तै मुकुन्दसेन ले अहिले देवीको मन्दिर भयको स्थान दाउन्ने मा देवी स्थापना गरी पुजा गरेको शिला नै अहिलेको दाउन्ने देवी हो । दउन्ने देवी लाई पहिला वनदेवी भन्ने गरिन्थो ।राजमार्ग वनेपछि त्यो ठाउको नाम सगै देवीको नाम पनि दाउन्ने हुन गयको हो ।  इतिहासकार लाई नवलपरासी जिल्लाको नवलपुर क्षेत्रको महाभारत श्रृखलामा भएका आदीवासी मगर जातीहरुको अध्यन गर्नको लागी पनी यो ठाउ महत्वपूर्ण मानीन्छ । धार्मीक अध्यन कै लागी मौलाकोली बाट पैदल देवघाट हुदै काली गण्डकी किनारै,किनार नवलपरासी जिल्लाको वुलिङ्टार हुदै डेडगाउ  निस्कीय र राजमार्ग को दलदले भन्ने स्थानमा आउन सकिन्छ । यसको लागी ४ दिनको समय मिलाउनु पर्दछ ।

मिती – २०६९ पागुण २५ दाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *