पुग्नै पर्ने ठाउ हो कुपिण्डे दह

kb mashal photo– के.वि.मसाल
नेपालको पुरानो भूगोल का कितावमा वागमती र विष्णुमती लाई नदी र त्रिशुली नदी लाई खोला उल्लेख गरियको छ ।महिले पनि अध्यन गरेको त्यहि भूगोलको शिक्षा हो । त्यतिवेलाका भूगोलविद काठमाण्डौ उपत्यका भित्र वस्ने नेपालको भूगोल स्थलगत अध्यन  नगरी किताव लेख्नाले नदी र खोलाको वर्गिकरण नमिलेको हो । पुरानो भूगोलको कितावमा यस्तो त्रुटी धेरै ठाउमा पाईन्छ । अहिले आयर नेपालमा  हिमाली भाग देखि तराई का मैदानी भाग सम्म ८सय ९१ वटा सिमसार ताल , तलैया,पोखरी र दहहरु भेटियको छ । अहिले सम्मको अध्यन अनुसार सवैभन्दा वढा ताल तलैया राप्ती अन्चलको रुकुम जिल्लामा छ । जुन जिल्ला लाई वाउन्न पोखरी र त्रिपन्न टाकुरी भन्ने गरिन्छ। प्राकृति ताल तलैयाको लागी धनि क्षेत्र मानिन्छ  राप्ती अन्चल । तर पनि अहिले सम्म राप्ती अन्चलमा भयका सवै ताल,दह र पोखरी का वारेमा अध्यन,अनुसंन्धान र धेरैको नामाकरण समेत हुन सकेको छैन ।तिनै ताल,तलैयाहरु मध्यको दह हो कुपिण्डे दह सल्यान जिल्लाको ।सल्यान जिल्लाको मध्यभागमा रहेको यो कुपिण्डे दह क्षेत्रफलको हिसावले  तालको नाम हुन पर्ने मा अहिले सम्म दह वाटनैे पहिचान भयको छ ।
सल्यान जिल्ला नेपालको एैतिहासिक जिल्ला हो ।यो जिल्ला नेपाल एकिकरण हुनुभन्दा पहिले सौन्य परिवार ले चलायको सोशान्त राज्य थियो । पछि वाइसे चौविसे  राजा कृष्ण शाहको पालामा  नेपाल एकिकरण अभियान मा लागेका राजा पृथ्र्र्वी नारायण शाह को सल्यान राज्य प्रति घनिष्टता वढदै गयो ।  त्यहि कारण ले पृथ्र्वी नारायण ले आफ्नो छोरी विलास कुमारी लाई कृष्ण शाह को छोरा रण भिम शाह सग विवाह गरिदिय र दाङ् को छिल्ली विजौरी देखि अधिकांश भाग छोरीलाई कुशविर्ता समेत दियको इतिहास छ । वि.स.१८६९ भाद्र ३ गते नेपाल एकिकरण को क्रममा सल्यान राज्य नेपालमा गाभियको हो ।  तर कुपिण्डे दहको इहिास त्यो भन्दा पुरानो छ । किम्वदन्ती अनुसार अहिले कुपिण्डे दह भयको स्थानमा ठूलो गाउ थियो । गाउमा एकदिन साध ुभेस भुसा मा एक जना मानीस बासको खोजिमा गाउ पसे । धेरै घरमा वास माग्दा पनि उनले वास पाउन सकेनन ।निरास हुदै एक जना वृद्धको घरमा उनि पुगे । वासको लागी आफु आयको कुरा उनले सुनाय ।घरमा रहेकी वृद्ध महिलाले आफ्नो घरमा खाना र वस्नको लागी केहि प्रवन्ध हुन नसक्नेवताय पनि साधु त्यहि घरमा वस्ने अनुमती मागे । वृद्धको गरिवी थाहा पाय पछि भोलिपल्ट विहान साधुले ति वृद्ध महिला लाई अहिलेको कुपिण्डे दह तर्फको पहाड देखाउदै भनेछन्,त्यो पहाड सम्म जाउ । हिडदा पछि फर्कियर नहेर्नु ।महिला पहाड तर्फ लागिन । पहाडको चुचुरोमा पुगेर पछि फर्कियर हेर्दा सवै गाउ पानीले भरियको दह  ।

अहिले ताल,पोखरी,र दहको वारेमा अध्यन अनुसंन्धान गर्ने संघ÷सस्था÷विद्यार्थी धेरै जिल्लामा पुग्ने गरे पनि कुपिण्डे दहमा  भने नपुगेको आभास हुन्छ ।सल्यान जिल्लाको सेजुवाल टाकुरा,मार्के,माझकाडा,धाजी पिपल, र कजेरी गाविस को विचमा रहेको कुपिण्डे  दह प्राकृतीक रुपले निकै सुन्दर मानीन्छ  दहको वरपर हरियाली रुख विरुवाहरु, सन्दर वस्ति नेपालीपन को जन जीवन ले जो कोहि लाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महसुस हुन्छ ।दहको किनारमा वराहको मन्दिर छ ासल्यान जिल्लाको मात्र नभयर वराह मन्दिरमा पुजा गर्न रुकुम,सुर्खेत र जाजरकोट जिल्लाका मानिसहरु पनि पुग्ने गर्दछन ।आजसम्म् धार्मीक पर्यटकिय दृष्टिकोण ले मात्र महत्व मानिदै आयकबो कुपिण्डे दह को वारेमा वैज्ञानिक अनुसंन्धान भने आजसम्म हुन सकेको छैन ।केहिवर्ष यता आयर दहको संरक्षण हुनुभन्दा पनि भू–क्षय र मोटर मार्ग को माटोले गर्दा दहको सतह पुरीदै गयको छ । दहको एकिन गहिराई समेत थाहा हुन सकेको छैन । दहको पानी देख्दा निकै गहिरा हुन सक्ने अनुमान गरिने कुपिण्डे दहको अध्यन अनुसंन्धान हुनु जरुरी छ । सल्यान जिल्लाको सदरमुकाम खंलगा बाट सेजलटाकुरा,साहुटोला,ज्यामिरे,वावियाचौर सम्म् मोटर मार्ग र त्यहा वाट १५ मिनेट  को पैदल यात्रामा पुग्न सकिने कुपिण्डे दहमा आजभोलि  सल्यान वाहेक अन्य जिल्ला वाट पनि दिनहू धार्मीक दर्शन, दृष्यावलोकन,अध्यन अनुगमन  र प्राकृतिक सौन्र्दयता को आनन्द लिन जाने को सख्या दिन प्रतिदिन वृद्धिहुदै गयको छ ।

आजभोली सुर्खेत जिल्लाको मेलकुना बाट वोटेचौर,को मार्ग हुदै कुपिण्डे दह सम्म यातायातको साधन चल्न थालेपछि सुर्खेत रआसपासका जिल्लाका पर्यटकहरु पनि दहमा पुग्ने गरेका छन ।दाङ् जिल्ला  को तुलसिपुर देखि सल्यान खलंगा सम्म ६५ कि.मि. पिच सडक र वाकी १ घण्टाको कच्ची सडकको यात्रा गरे पछि पुगिने दहमा दाङ् जिल्ला हुदै अन्य जिल्लाका मानीसहरु कुपिण्डे दहमा पुग्ने गरेका छन । कुपिण्डे दह अवलोकन गर्नेहरु ले भन्दछन– सल्यान ले कुपिण्डे दह लाई धार्मीक स्थलको रुप ले मात्र नभयर पर्यटकिय दृष्टिकोण ले विकास गर्न पर्दछ ।जिल्ला भित्र रहेका ताल तलैया लाई संरक्षण र प्रचार प्रशार गर्न सकेमात्र  समग्र विकास लाई आर्थीक रुपले सहयोग हुन्छ । नेपालमा हाल सम्म  पत्ता लागेका कुल ८ सय ९१ ताल मध्य ४३% अर्थात ४०३ वटा तालहरु उच्चहिमाली क्षेत्र भित्र पर्दछन । त्यसैगरी २०% अर्थात १सय८२ ताल तलैयाहरु मध्यपहाडी जिल्लामा पर्दछन ।भने  बाकी १ सय २१ तराईमा र ८५ वटा सिवालीक क्षेत्रमा रहेको छ । हालसम्म बीसहजारी ताल,घोडाघोडी ताल,जगदीशपुर ताल,गोक्र्या ताल, गोसाईकुण्ड,रारा, शे–फोक्सुण्डो र माईपोखरी जस्ता तालहरु रामसार सुचिमा सूचिकृत भयका छन । वढदो जनसख्या शहरि र तराई क्षेत्रको वसाई सराइ प्राकृतिक अधिक्रमण वन विनास सडक विस्तार जस्ता कार्य ले तराईका कतिपय सिमसार क्षेत्रका तालहरु मानीसहरु ले वस्तीमा परिणत गर्न थालेका छन । वातावरण अनुकुल प्रभाव का कारण हिमाली भेगका तालहरु हिउ पग्लदै पहिरो जाने र कतिपय स्थानमा हिमताल सुक्न थालेको अवस्था पनि छ । अहिले सिमसार क्षेत्रका ताल र दहहरु लोपउन्मुख अवस्थामा देखिन थालेको छ ।दलदल,प्रागारिक माटो भयको जमिन वा पानी सहितको प्राकृतिक वा कृत्रिम,स्थाइ वा अस्थाई क्षेत्र लाई सिमसार भनिन्छ । ५ मिटर भन्दा कम गहिराइ भयको न्यूनछाल युक्त समुन्द्र सहितको क्षेत्रलाई पनि सिमसारका रुपमा लिने गरियको छ । पानी कहिल्य नसुक्ने, धाप, दलदल, सिमघोल, ताल, तलाउ, पोखरी, दह, वाँधक्षेत्र, जलाशय, जलक्षेत्रको घासे मैदानलाई पनि सिमसार क्षेत्र भनिन्छ ।

पर्यटकिय दृष्टिकोण ले ताल तलैया महत्वपूर्ण मानिन्छ ।सल्यान जिल्लाको कुपिण्डे दह जस्ता सवै तालहरु को दिगो रुपले संरक्षण गर्ने निती राज्य संग हुनु पर्दछ ।जिल्ला विकास र नगरपालीका,गाविसहरु ले पनि स्थानीय निकाय ले गर्न सकिने संरक्षणको  काम गर्दै ऐतिहासिक,धार्मीक तथा सास्कृतिकमहत्वका हिसावले पहिचान भयका ताल तलैया लाई संरक्षण गर्दैपर्यटकिय विकास गनृु पर्दछ । जसले समग्र गाउ देखि जिल्लाको विकास मा  दिगोरुप ले आर्थीक सहगोग पुग्छ । अहिले मुलुक भित्रकम प्राकृतिक ताल,हिमाल,झरना,ऐतिहासिक मठ मन्दिर रनेपाली को संस्कृती वचाउन जरुरी छ । प्राकृतिक सम्पदा विनास भयो भने राष्ट्को उन्नती हन सक्दैन । राष्ट्को उन्नती र प्रगती ले नै हामी नेपालीहरु को जीवन स्तरको उन्नती हुने हो । यो कुरा सवैले वुझन जरुरी छ ।त्यसै ले प्राकृतिक संम्पदा बचाउन हामी सवै एकजुट बनौ ।गाउ घर र आफनो जिल्लामा स्वदेशि एंव विदेशि पर्यंटकहरु लाई भ्रमण गर्ने वातावरण श्रृजना  गरौ अनि वल्ल विकास हुन्छ  आफ्नो गाउ र जिल्लाको । हामी सवै ले एक पटक सोचौ त……..।

One thought on “पुग्नै पर्ने ठाउ हो कुपिण्डे दह

Leave a Reply

Your email address will not be published. Required fields are marked *