नेपालको शिक्षा विगत र वर्तमान

– के.वि.मसाल
नेपालमा औपचारिक शिक्षा दिने विद्यालय जंग वहादुर राणा वेलायत वाट फर्कियपछि वि.सं. १९१० मा दरवारिया राणाहरु का आफ्ना छोराछोरी लाई अग्रेजि शिक्षा दिलाउन खोलियको थियो । ।सुरुमा यो विद्यालय थापाथलीको आफनै दरवारको दाखाचोकको भुइतलामा संन्चालन गरियको थियो। वेलायतको भ्रमण गरे पछि जंग वहादुर लाई वेलायतको चेतना,चिन्तन,विज्ञान प्रविधिको विकास र स्तरको गहिरो छाप परेको थियो । उनलाई वेलायतको सवै प्रगती शिक्षा वाट नै भयको कुरा वुझेको ले विद्यालय खोल्न चासो राखेका थिय । त्यो भन्दा पहिले नेपालमा औपचारिक शिक्षा हासिल गर्ने कुनै विद्यालय थियन । देशभित्र का नागरिक त के कुरा शासकहरुमा नै अग्रेजि शिक्षाको ज्ञान सुन्य थियो । आम नागरिकहरु लाई छोरा छोरीहरु लाई पढाउन पर्दछ भन्ने चेतना समेत त्यो समयमा थियन । गरिव,विपन्न,दलित जातीका केटाकेटीहरु ल ेकमारा,कमारीको रुपमा विक्रीहुने  प्रथा थियो

विद्यालय संन्चालन गर्नु भनेको नेपालमा त्यस वेला नया र नौलो कुरा थियो । जुन वेलायतमा पहिलो पटक जंग वहादुर ले देखेका थिय । यसरी खोलियको विद्यालय सन्चलन र अध्यापन गर्नको लागि वेलायत बाट केत्रिन नाउका एक शिक्षक मगायका थिय । यसरी अध्यापनको काम सुरु भयको विद्यालयमा कक्षा भने एउटै कोठामा राखि अग्रेजी भाषा सिकाई  विद्यार्थीको योग्यता अनुसार  अग्रेजी,गणित,र इतिहास जस्जा विषयहरु पढाउने गरिन्थो । विद्यालय को भवनको कारण कहिले धिर शमसेर को निवास जमल, नारायणहिटि दरवारको सानुचोक वैठक, वाग दरवार मा पनि पढाउने काम भयको थियो ।दरवारिया राणाहरुको मात्र छोराछोरी पढने विद्यालय भयको हुदा विद्यालयको नाम पनि दरवार स्कूल राखियको थियो । वि.सं१९३३ मा रणोद्दीपसिह श्री ३ महाराज भयपछि राणाहरु संग पहुचहुने हरुका छोराछोरी ले समेत पढन पाउने व्यवस्था भयको थियो । पछि विर शमसेर को पालामा रानी पोखरीको किनारमा भवन निमार्ण गर्न लगायका थिय। जुन भवन अहिले सम्म पनि छ । त्यहि दरवार स्कूलवाट नेपालको शिक्षाको सुरुवात भयको हो । शिक्षाको इतिहार हेर्ने हो भने नेपालमा सवै राणाहरुको नाम जोडियको छ । चन्द्र शमसेर ले पछि त्रि–चन्द्र कलेज स्थापना गरे ।त्यपछि खोलियका अधिकांश स्कूलहरुको नाम पनि राणाहरु कै नाम राखियको छ
राणा ले खोलेका दरवार स्कूलको स्म्वन्धन सुरुमा कलकत्ता विश्वविद्यालय र पछि पटना विश्वविद्यालय बाट सम्वन्धन प्राप्त गरी  विद्यार्थीहरु लाई एस.एल.सी परिक्षा दिन लगाइयको थियो । नेपालबाट नै एस.एल.सी. परिक्षा दिने व्यवस्था २००३ सालबाट मात्र भयको हो । २००७ सालमा राणा शासन अन्त भय पछि काठमाण्डौ उपत्यका बाहिर पनि विद्यालय खुल्नेक्रम बढन थाल्यो ।खोलियका विद्यालयका नाम पनि फेरिन थाल्यो ।०२४ सालमा दरवार स्कूलपनि भानु माध्यमिक भयो ।
राणाहरु को पालामा विद्यालयका विशेष गरी अग्रेजी,गणित,भूगोल र इतिहास का किताव पढाउने गरिन्थो । कक्षा ४ सम्म परिक्षा मौखिक हुने र ५ कक्षा देखि लिखित परिक्षा हुने गर्दथियो ।नेपाली विषयमा वाहेक अन्य विषयमा प्रश्नपत्र अग्रेजीमा दिने गरिन्थो । उत्तर पनि अग्रेजी मा दिनु पर्दथियो । वार्षिक र अर्धवार्षिक गरी दुई पटक परिक्षा लिने गरिन्थो । सवै विषयको परिक्षामा पास भयपछि मात्र माथिल्लो कक्षामा पढन पाउने व्यवस्था थियो । यसरी पढाइयका विद्याथी लाई भारतको कलकत्ता विश्वविद्यालय वाट सम्वन्धन मिलाई  एस.एल.सी. परिक्षाको व्यवस्था मिलाउने गरिन्थो । नेपालमा एस.एल.सी. परिक्षाको इतिहास  फर्केर हेर्ने हो भने ८० वर्ष भयको छ । वि.स.१९३६ देखि १९७९ सम्म ४४ वर्षसम्म एस.एल.सी. परिक्षा कलकत्ता बाट लिइयको थियो । पछि गयर पटना बाट पनि परिक्षा दिने व्यवस्था मिलाउदै अहिलेको अवस्थामा एस.एल.सी. परिक्षा आयको हो
२०२८ सालमा नेपालमा नया शिक्षा योजना लागु भयो । शिक्षा लाई केन्द्र देखि गाउसम्म पु¥याउनु पर्दछ भन्ने मान्यता अनुसार विद्यालयहरु खोल्दै लगियो ।सुरुमा चितवन र कास्की जिल्ला बाट सुरु गरियको नया शिक्षा योजना २०३२साल सम्म सवै जिल्लाहरुमा लागुगरी  विद्यालय नभयको ठाउमा विद्यालय खोल्ने आवस्यक शिक्षकको व्यवस्था सरकारले गर्दै आयो । दुर्गम दुर दराजका गाउघरमा पनि प्राथमिक विद्यालयहरु खोलिय । विद्यालय लाई प्रा.वि.,नि.मा.वि.,र मा.वि. गरी तिन तहमा राखियो ।नया शिक्षाले नेपालमा शिक्षाको विकास भन्दापनि प्रचार भयको अनुभव हुन्छ ।नेपालमा नया शिक्षाले चा।ित्रिक,वौद्धिक, र विषयगत दक्षताको शिक्षा दिलाउन सकेन ।राजनैतिक हिसावले त्यति वेला विद्यालय खोल्ने होडवाजी चल्न थाल्यो ।विद्यालय सन्चालन गर्ने सरकारले वनायको विनियम लाई वेवास्ता गर्दै चुनावको समयमा त्यतिवेलाका पन्चहरु ले विद्यालय खोल्दै गय । सुरुमा विषयगत शिक्षकको अभाव हुदा कतिपय जिल्लामा अग्रेजी,विज्ञान,गणित जस्तो विषय पढाउने शिक्षक भारत बाट समेत ल्याउने गरियको हाभ्रो शिक्षाको इतिहास छ ।
२०२८ सालभन्दा अगाडी गाउमा खोलियका विद्यालयमा धान,मकै,कोदो,गहूआदी अन्न र राडी,पाखि जस्ता घरेलु उत्पादन बस्तु लियर पढाउदै आयका शिक्षकहरु नया शिक्षा लागुभयपछि सरकारले विद्यालयमा शिक्षकहरु लाई तलव दिन थालेपछि दङ् बन्दै अव हुने भयो शिक्षाको विकास भनि प्रचार मुखि वन्न थाले ।तर नया शिक्षाले पनि नेपालमा गुणात्मक शिक्षाको विकास हुन सकेन । शिक्षाको स्तर दिनप्रतिदिन घटदै गयो । कतिपय विद्यालयमा प्रयोगात्मक सामाग्री नहुने कतै भयपनि शिक्षकले प्रयोगमा ल्याउन नसक्ने हुदा त्यतिवेला युनिसेफ ले दियको विज्ञान शिक्षाका प्रयोगात्मक सामग्रीमा खिया लागि नष्ठ भयका धेरै उधारण भेटिन्छन ।
शिक्षाको स्तर माथी आउन नसके पछि क्रमिक रुपमा निजीक्षेत्र को लगानीमा वोर्डीङ्को सुरुवात नेपालमा बढन थाल्यो । शहरि क्षेत्रबाट सुरु भयको निजीक्षेत्रका वोर्डीङ् ले अहिले गाउघर र दुर्गम,सुगम सबै क्षेत्रमा वोर्डीङ् खुलेका छन । वोर्डीङ्को शिक्षाले झन दुईखाले स्तर सोचको विकास भयको छ । हुनेखाने अथवा सम्पन्न घरपरिवार ले आफ्नो छोराछोरी लाई वोर्डीङ्मा अध्यापन गराउने र विपन्न्न वर्गका छोराछोरी ले सरकारी विद्यालयमा पढन पर्ने वाध्यताले नेपालको शिक्षामा समानता हुन सकेको छैन । शिक्षाको लागि नेपालमा अहिले सम्म विदेशि दातृनिकायहरु ले अरबौको रुकम लगानी गरिसकेका छन । शिक्षकहरु लाई तलव,भत्ता देखि लियर भौतिक संरचना निमार्ण गर्न पनि सहयोग आयकै छ । तरपनि विद्यालयमा सवै कुराको अभाव भै राखेको छ ।वोर्डीङ स्कूल वाहेक सरकारी सामुदायिक विद्यालयको अवस्था  हेर्ने हो भने  खानेपानी, शौचालय जस्ता अत्यावस्यक मानविय आवस्यकता पुरा भयको छैन ।अझैपनि एउटै कोठामा बसेर २–३कक्षा पढनु पर्दछ । समस्या–समस्यामै संन्चालन छन धेरै विद्यालयहरु अनि कसरी हुने शिक्षाको विकास…?
देशमा अहिले शैक्षिक वेरोजगारको सख्या दिनप्रतिदिन वढदो अवस्थामा छ ।प्रत्यक वर्ष उच्चशिक्षा हासिल गर्ने विद्यार्थीहरु कामको खोजीमा विदेशिनु परेको छ । राज्यलाई त्यो भन्दा वोझिलो के हुनसक्छ ?त्यसैले हाभ्रो शिक्षा रोजगार मुलक हुन जरुरी छ । आफुले लियको शिक्षा लाई प्रत्यक विद्यार्थीशहरु ले रोजगारी मुलक वनाउन सके भने मात्र शिक्षाको महत्व बढदै जाने र शिक्षित वर्ग वेरोजगार हुन नपर्ने हुन्छ ।शिक्षाको विकास हुनको लागि सरकारको लगानी ले मात्र हुदैन ।विद्यालय सन्चालन गर्ने समुदाय, विद्यालयमा अध्यापन गर्ने शिक्षक,पढने विद्यार्थी सवैको भावना शिक्षा विकास तिर केन्द्रित भयो भने मात्र शिक्षा हामीले खोजे जस्तो हन्छ ।
शिक्षा नियमावली समय समयमा फेरि रहने, पाठ्यक्रम अनुसार विषयगत शिक्षक नपाउने कारणले पनि शिक्षामा गुणात्मक विकास हुन सकेको छैन । अर्कोतर्फ राभ्रो शिक्षा हासिल गरेका विद्धानहरु लाई राज्यले विषय  अनुसारको रोजगारी दिन नसक्दा प्रत्यक वर्ष विद्धानहरु विदेशिने क्रम वढदो छ । शिक्षाको विकास सगै रोजगारीको अवसर राज्यले उपलव्ध गराउदै जान पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *