खोलाको किनार, जगंलको बास, कति गर्ने नेताको आस

– केबी मसाल

kb mashal photoकही कतै गएको बेला कसैले सोध्ने गर्दछन्–‘घर कता होला ?’ आफ्नो घर बताउनै प¥यो । मेरो घर दाङ हो । अनि उसले तलदेखि माथिसम्म हेर्दछ र मनमनै सोच्छ..यो मानिस सामन्ती होला, वा यो निकै धनि हुनुपर्दछ । तराईको वासिन्दा रहेछ, सुविधाजनक ठाउँमा घर रहेछ, यसलाई हामीलाई जस्तो दुःख छैन होला आदि । तर, के गर्नु आफ्नो भने खोला किनारको बसोबास न वत्ती, न सडक र यस्तै अन्य सुविधा । यस्तै पीडा लिएर जीवन गुजारा चलाउँदै आएका छन्–दाङ रामपुर गाविस–२ चाक्लिघाटका मानिसहरुले । चाक्लिघाटमा जो कोही पुग्ने मानिसहरुले आफू दाङ जिल्लामा आएको छु र भन्ने अनुभूति लिएको हुन्छ । घोराही लमही मोटर मार्गको बेलदमारबाट झोलुङ्गे पुल तरेर पैदल २ घण्टा अथवा हिउँदको समयमा अर्जुन खोलैखोल पानीको जाँघर वाटमोटर साइकल गुडाउँदै १ घण्टामा पुगिन्छ नि.मा.वि. चाक्लिघाट ।

मानव बस्तीको विकास खोलार नदी किनारबाट नै भएको हो । दाङ उपत्यकाको इतिहासमा पनि मानव बस्तीको विकास खोला किनारबाट नै भएको हो । अर्जुनखोला किनाराको बस्ती २००७ साल भन्दा अगाडिदेखि नै भएको कुरा चाक्लिघाट ढुङाने गाउँका बासिन्दा बताउँछन् । महाभारत पर्वतको पातिहाल्ने कमेरे पहाडको श्रृङ्खलाबाट सुरु भएको अर्जुनखोला चुरेपहाडलाई चिरा पारेर बग्ने गर्दछ । देउखुरीको सोनपुर गाविसको सिमाना भई बग्ने सोल्टिखोला र अर्जुनखोला किनारमा चाक्लिघाट, खुरुले, ज्यामिरेपाटा, ढुङ्गाने र पिपलेलगायत गाउँहरुको बस्ती रहेको छ । खोला किनारका गाउँ र बस्तीहरु अवलोकन नगरी अनुमान नै लगाउन नसक्ने दुर्गम खोला किनारका बस्तीका बासिन्दा सबै विकासको सुविधाबाट वञ्चित हुनु परेको छ ।
राज्यको सुविधा पाउन नसक्नाले प्रत्यक वर्षाको समयमा यहाँ केटाकेटीहरु विद्यालय जाँदा अर्जुन खोलाले बगाउने गर्दछ । गाउँ र विद्यालय जोड्ने खोलामा पुल छैन । जिल्ला सदरमुकाम होस् या अन्य स्थानबाट गाउँमा आउँदा जाँदा तर्नुपर्ने बेलदमारको अर्जुनखोलाको झोलुङ्गे पुल आर.आर.एन दाङले केही वर्ष पहिले बनाई दिएपछि बल्ल यहाँका बासिन्दाहरुले पुल देख्न पाएका हुन् । त्यसैगरी आर.आर.एन.ले सञ्चालनमा आएको नि.मा.वि.लाई ७,५ ७१२६÷आर्थिक सहयोग दिए र दुईकोठे पक्की भवन पनि बनाई दिएको छ । तर, यतिले मात्र अर्जुनखोलाका बस्तीलाई पुगेको छैन । विद्यालय सामुदायिक वनले सञ्चालन गर्नुपर्ने भएको छ । नौजना शिक्षक कार्यरत भएको नि.मा.वि.मा जम्मा दुईजना शिक्षक मात्र जिल्ला शिक्षा कार्यालयले दरबन्दी कायम गरेको छ । बाँकी सबै शिक्षकहरुलाई गाउँको तर्फबाट सामुदायिक वनले तलव दिनुपर्ने हुन्छ । जसले गर्दा खोला किनारका ठूला साल, साज र अन्य जातका रुखहरु दिनप्रतिदिन सकिदै गएका छन् ।
जंगलका अमूल्य रुखमात्र होइन चाक्लिघाट वरपरका बस्तीहरुमा प्राकृतिक सम्प्रदाको समेत विनास हुन थालेको छ । घोराही लमही मोटर मार्गबाट देखिने खोला किनारमा ढुङ्गा, वालुवा सकिन थालेपछि बालुवा र ढुङ्गाका लागि अर्जुनखोलाको ढुङ्गाने गाउँभन्दा पनि माथिबाट खोलाको बालुवा र ढुङ्गा उठाउन थालिएको छ । त्यतिमात्र होइन बालुवा बोक्ने ट्ेक्टरहरुले बालुवाले छोपी काठको समेत तस्करी गरिरहेका छन् । तर, जिल्ला वन कार्यालयलाई यी कुराहरु को चासो छैन । चाक्लिघाटका जनता भन्दछन्–सरकारले दिने सुविधा र विकास निर्माण केही छैन । तर, हामीले जागाइराखेको प्राकृतिक स्रोत र साधनको प्रयोग भने सहरी बस्तीका मानिसहरुले गर्दछन् । यसको न्याय कसले दिने ? गाउँमा युवाहरु छैनन् । उच्चशिक्षा नपाउँदा आफ्नो देशमा रोजगारी पाउँदैनन् । प्रत्येक घरका सबैजसो युवाहरु भरतका विभिन्न सहरमा कुल्ली कवाडी काम गरेर आर्थिक जोहो गर्नु अर्जन खोलाका बासिन्दाहरुको दिनचर्चा छ ।
अर्जुनखोलाका बस्तीहरुमा आजभोलि कुनै दलका नेता पुग्दैनन् । किनकी आजभोलि चुनाव पनि छैन । चनावको बेला हामीले दलका मानिसहरुलाई पाहुना पालेर नै सकिन्न । त्यतिबेला भने खुब विकासका कुरा सुन्न पाइन्छ । खोलामा पुल बन्छ, बेलदमारदेखि सबै गाउँमा मोटरमार्ग बन्छ, विद्यालय पनि माध्यमिक हुन्छ, खानेपानीको धारा घरघरै पुग्दछ । आजभोलि किन आउन नेता ? एक बृद्ध आक्रोस शैलीमा आफ्नो दुखेसो पोख्दछन् । गाउँको विकासका लागि
नेताहरुको आश गर्दागर्दै खोलाको ढुङ्गा र बालुवा अनि जंगलको रुख सकिन थाल्यो । अब के विकास हुने खै..? गाउँलेहरु एकै स्वरमा भन्दछन् ।

One thought on “खोलाको किनार, जगंलको बास, कति गर्ने नेताको आस

  • February 8, 2013 at 9:09 am
    Permalink

    उत्कृष्ट पहल कदमी उठाउने विचारका लागि धन्यवाद ।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *